एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन


काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ संगठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षडयन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ । प्रदर्शनमा सहभागि विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताए । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडी बढ्न उनले आग्रह गरे ।

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ ।

बुधबारनै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटना निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ । २१ औं शताब्दीमा पनि मान्छे मान्छेबीच हुने विभेद अन्त्य हुन नसकेको भन्दै प्रर्दशनकारीहरुले दुःख व्यक्त गरेका छन् ।

Logo