सरकारको कर तिर्न ताकेता गर्ने निर्णयप्रति कांग्रेसको ध्यानाकर्षण

सरकारको कर तिर्न ताकेता गर्ने निर्णयप्रति कांग्रेसको ध्यानाकर्षण


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ सम्ममा कर तिर्न सरकारले गरेको ताकेताप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सरकारको ताकेताप्रति ध्यानाकर्षण भएको बताएका हुन् । विज्ञप्तिमा सरकारले २५ गतेसम्म कर तिर्नुपर्ने ताकेता फिर्ता लिइ समयावधि थप गर्नुपर्ने उल्लेख गरिएको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘साना—ठूला व्यवसायीले लकडाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’

त्यस्तै लकडाउनका कारण व्यवसायिहरुले कठिनाइ भोगेको प्रतिपक्षी दलले पटक पटक आग्रह गरेपनि उचित राहतको प्रबन्ध गर्न सरकार गम्भीर नभएको कांग्रेसको आरोप छ । लकडाउन सुरु भएको अढाई महिना पुग्न लागेको अवस्थामा कर तिर्न ताकेता गर्नु सरकार जनताप्रति असंवेदनशील भएको कांग्रेसले उल्लेख गरेको छ । नागरिकले तिर्ने करले मुलुक चल्ने भएपनि करदाता प्रतिकूल परिस्थिति रहेको समयमा सहजीकरण गर्ने जिम्मेवारी सरकारको हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूरा विज्ञप्तिः

Logo