बाम गठबन्धनले ११५ निर्वाचनक्षेत्रको टुंगो लगायो

काठमाडौँ, १२, कात्तिक
एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र निर्धारण कार्यालयका सदस्य सहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो। अब पाँच जिल्लाका १३ क्षेत्रको मात्र टुंगो लाग्न बाँकी छ। एमालेले ६८, माओवादी केन्द्रले ३६ स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले १ सिट लिने सहमति संयोजन समितिमा भएको छ । पहिलो चरणमा एमालेले २१, माओवादीले १६ सिट लिने सहमति गरेका थिए । २१ मंसिरमा दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा निर्वाचन हुँदैछ । अब झापा, सुनसरी, उदयपुर, चितवन र सल्यानमा टुंगो लाग्न बाँकी छ।
नयाँपत्रिकाबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार