काठमाडौं, १६ भदौ । गुगल अर्थले प्रस्तुत गरिरहेको तस्विर भन्दा पनि स्पष्ट तस्विरहरु सार्वजनिक भएको छ । पृथ्वीको उक्त तस्विरमा कतै पनि बादल रहेको छैन ।

८ सय खर्ब पिक्सेल प्रयोग गरेर तयार पारेको पृथ्वीको उक्त नक्सा सेन्टिनल भूउपग्रहले २०१६ को मे देखि २०१७ अप्रिलसम्म लगाएर खिचेको थियो ।

पृथ्वीको नक्सा बादल रहित तयार गर्ने अभियान अन्तर्गत सेन्टिनलले पृथ्वीको नयाँ तस्विरहरु खिचेको थियो । उक्त तस्विरहरुलाई जर्मनीको नक्सा सम्बन्धि काम गर्ने इओएक्सले जोडेर तयार पारेको थियो । होमब्रिउ सफ्टवेयर मार्फत् जोडेर उक्त नक्सालाई अन्तिम रुप दिदाँ २ सय ५० टेरावाईट साईज भएको थियो ।

नक्सा जोड्ने अभियानमा रहेका टोलिले बादल नरहेका भागको मात्र नक्सा जोडेर तयार पारेका थिए । गुगल अर्थका नक्साहरुमा धेरै स्थानहरु बादलले ढाकेको रहेको कारण प्रयोगकर्तालाई झंझटिलो रहेको थियो । तर यो नक्साले सबै भागहरुलाई स्पष्ट रुपमा देखाउने प्रयास गरेको कारण यो गुगलको तुलनामा धेरै उपयोगी हुने देखिएको छ । (एजेन्सी)

बादल रहित म्याप यहाँ हेर्नुहोला ।

 

तपाईको प्रतिक्रिया