दरबारमार्गका पसलहरू आजदेखि खुल्ने

दरबारमार्गका पसलहरू आजदेखि खुल्ने


राजधानीको दरबारमार्ग क्षेत्रका पसलहरू आजबाट खुल्ने भएका छन्।

सरकारले यस अघि घोषणा गरेको लकडाउनको अवधि सकिएको र नयाँ मोडालिटी नअपनाई लकडाउनको समय थप गरेको भन्दै व्यवसायीहरूले पसल खोल्ने लागेका हुन्।

दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको थियो  ।आज सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने र थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय भएको छ ।

यस अघि मंगलबार जोरपाटीका ब्यबसायीले पसल खोलेका थिए। सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समयावधि पटक पटक थप गरी जेठ ३२ सम्मलाई तोकिएको छ। यधपि आजबाट देशका विभिन्न शहरमा ब्यबसाय सुरु गर्ने निर्णयहरू भएका छन्। हेटौडा, कैलालीलगायत ठाउँहरूमा पनि लकडाउनको विरोध गर्दै पसल खुलेका छन्।

लकडाउनको नयाँ मोडालिटी बनाउन चौतर्फी दबाब बढेको छ । यस विषयमा सरकारले विभिन्न् बिज्ञ तथा निकायहरूसंग छलफल गरिरहेको छ । मंगलबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निजी क्षेत्रका ब्यबसायीसँग यस बिषयमा छलफल गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने बुझिएको छ ।

Logo