सरकारले जेठ २५ सम्ममा कर तिर्न ताकेता गरेकोप्रति गगन थापाको कटाक्ष

सरकारले जेठ २५ सम्ममा कर तिर्न ताकेता गरेकोप्रति गगन थापाको कटाक्ष


काठमाडौं । सरकारले जेठ २५ सम्ममा सम्पूर्ण कर तिर्न ताकेता गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले अर्थमन्त्रीप्रति कटाक्ष गरेका छन् । नेता थापाले मंगलबार ट्वीट गर्दै अर्थमन्त्रीप्रति कटाक्ष गरेका हुन् । अर्थमन्त्री जस्तो विद्वानले भनेपछि कर तिर्न लाममा बस्दा पनि कोरोना नसर्ने उनको व्यग्य छ ।

‘अर्थमन्त्री ज्यूले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला’–उनले ट्वीटरमा लेखेका छन्–‘महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको पाँच दिनको समय दिएर कर तिर्न हुकुम भएको । अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ । विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो ।’

अर्थमन्त्रालयले मंगलबार सूचना जारी गर्दै जेठ २५ सम्ममा सम्पूर्ण कर तिर्नुपर्ने उल्लेख गरेको थियो ।

Logo