कतारमा कोरोनाबाट सङ्क्रमित हुने ६० हजार नाघे, ३६ हजारले लिए स्वास्थ्य लाभ

कतारमा कोरोनाबाट सङ्क्रमित हुने ६० हजार नाघे, ३६ हजारले लिए स्वास्थ्य लाभ


तिलु शर्मा पौडेल
दोहा कतार ।

पछिल्ला दिनहरूमा कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्ने हरुको बढे सँगै यहाँका नगारिकहरुमा खुसीको थप आशा पलाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५९९ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल सङ्ख्या ३६ हजार०३६ पुगेको हो । ५ हजार १७९ जनामा गरिएको परीक्षणमा १ हजार ८२६ जनामा सङ्क्रमण देखिएको छ । २४, ५९ र ६२ वर्षीय नागरिकको मृत्यु भएको छ । भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजार २५९ पुगेको छ ।

कुल २ लाख ३१ हजार ०९८ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १५०४ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २२० जनालाई अस्पताल भर्ना गरिएको छ । थप २० जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३९ पुगेको छ ।

२४ हजार ९५६ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नागरिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा १ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Logo