#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1092702552151242987686106745
नेपाल145193191685320

सीमा विवाददेखि भारतीय मिडियाप्रति सेनाको ध्यानाकर्षणसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल भारत बीचको सीमा विवाद बेलाबेला सतहमा आउँदै सेलाउदै गरेको छ । नेपाली पक्षले चर्को दबाब दिन नसक्नु र भारतीय पक्षको लामो समयदेखिको वेवास्ताका कारण सीमा विवाद सतहमा आउँदै सेलाउँदै गरेको हो । भारतीय पक्षले गत कात्तिक १७ गते जारी गरेको नयाँ नक्साप्रति केही समय विरोध भएपनि पछि सेलाएर गएको थियो । अहिलेपनि बाटो निर्माण गरेको विषयलाई लिएर केही विरोध भएपनि विस्तारै सेलाउँदै गएको छ ।

त्यस्तै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरेको दिनका रुपमा मे २९ लाई अन्तराष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाएको छ । सन् १९५३ मा सरदार तेञ्जिङ नोर्गे शेर्पाको नेतृत्वमा सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको सम्झनामा सगरमाथा दिवस मनाउन थालिएको हो ।

सरकारले आगामी वर्षको बजेटमा साना व्यवसायीहरुलाई आयकरमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ । बिहिबार संघीय संसदको संयुक्त बैठकमा पेस गरिएको आगामी वर्ष २०७७/७८ को बजेटमा साना व्यवसायीलाई ७५ प्रतिशतसम्म छुट दिने उल्लेख गरिएको हो ।

त्यस्तैगरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका थापाको बिहिबार निधन भएको हो । उनको निधनबारे अझै कारण खुलाइएको छैन ।

नेपाली सेनाले भारतीय मिडियामा आएका समाचार र अफवाहप्रति ध्यानकर्षण भएको जनाएको छ । सेनाले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय मिडियामा आएका समाचारप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको हो । यस्ता अफवाहले समाजमा विभाजन ल्याउने र नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने भन्दै खण्डन समेत गरेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला‌‌‌…..

सम्बन्धित समाचारहरु

ताजा समाचार