#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1092702552151242987686106745
नेपाल145193191685320

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ४९६

पर्सा ।

प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टाइनमा रहेकी एक ५० वर्षीया महिला, सर्लाहीको कोडैना गाउँपालिकास्थित क्वारेन्टाइनका दुई पुरुष, मलङ्गवाकी एक महिलासहित दुई गरी सर्लाहीबाट चार जना थपिएका छन् ।

त्यस्तै, रौतहटको राजपुर नगरपालिकाको फरहदवास्थित क्वारेन्टाइनको ५० जना, बोधीमाइ नगरपालिकाको सरमझुवा क्वारेन्टाइनका दुई जना, मौलापुरका छ जना र इशनाथ नगरपालिकाको डुमरिया माविस्थित क्वारेन्टाइनको दुई महिलासहित १५ गरी रौतहटबाट ७३ जना, बाराको पचरौटा गाउँपालिकाको चार जना, पर्साको जिराभवानी गाउँपालिकाबाट एक र पोखरिया नगरपालिकाबाट आठ जना गरी नौ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो समयमा सङ्क्रमित थपिएपछि सप्तरीमा ३४, सर्लाहीमा ४५, धनुषामा ४२, रौतहटमा १८२, बारामा ५३ र पर्सामा ९८ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सिरहामा १४ र महोत्तरीमा २३ जना गरी सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको हो । सो मध्ये ९८ निको भएर घर फर्केका छन् ।

स्वाब र क्वारेन्टाइन

यस प्रदेशमा अहिलेसम्म ११ हजार ६२६ को स्वाबको नमूना सङ्कलनको नमूना सङ्कलन गरिएकोमा आठ हजार ९७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले बताए ।

यस प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थप गरिएको छ । यस प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३४२ रहेको छ भने शैयाको सङ्ख्या २२ हजार ५१० रहेको छ । होम क्वारेन्टाइनमा छ हजार १८९ जना र आइसोलेसनमा २३६ जना बसेका छन् । आइसोलेसनमा श्ययाको सङ्ख्या ६६५ रहेको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार