#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1247647955914146457937271545
नेपाल166493586038011

डब्ल्युएचओबाट अमेरिका अलग, चीनको पक्षमा काम गरेको ट्रम्पको आरोप

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिका अलग भएको घोषणा गरेका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा उनले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको आरोप लगाउँदै यसबाट अमेरिका अलग हुने घोषणा गरेका हुन् । यसअघि डब्ल्यूएचओलाई दिंदै आएको आर्थिक सहयोग पनि अब विश्वको जनस्वास्थ्यमा लगानी गरिने उनले बताए ।

‘चीनको अपराधको सजायँ अहिले पूरै विश्वले भोगिरहेको छ’ ट्रम्पले भने, –‘चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो जसका कारण १ लाखभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनु पर्‍यो । चार करोड डलर दिने चीनसँग मिलेर ४५ करोड डलर दिने अमेरिकालाई विश्व स्वास्थ्य संगठनलेले धोका दिएको ट्रम्पले आरोप लगाए ।

चीनले सुरुमा कोरोना भाइरसबारे विश्वलाई गुम्राहमा राखेको र यस कार्यलाई विश्व स्वास्थ्य संगठनले साथ दिएको आरोप ट्रम्पले दोहोर्‍याए ।

अमेरिका डब्ल्यूएचओको स्थापनाकालदेखि कै सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेकवर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो ।एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार