बेलायतमा आगलागीमा परि एक नेपालीको मृत्यु

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ कार्तिक ३ शुक्रबार | प्रकाशित १४:०७:०२
बेलायतमा आगलागीमा परि एक नेपालीको मृत्यु

केन्द्रविन्दु सम्वाददाता । काठमाडौँ, ३ कार्तिक ।

बेलायतमा आगलागीमा परि एक नेपालीको ज्यान गएको छ । बेलायती सञ्चारमाध्यमका अनुसार घर जल्दा २५ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको हो । दक्षिणी लण्डनको क्याम्परेबलमा राति साढे १२ बजे घरमा आगलागी भएको हो । आगलागीमा परि घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

आगो ४० मिनेटपछि नियन्त्रणमा आएको थियो। मृतक विद्यार्थीको बारेमा बिस्तृत जानकारी लिने प्रयास भैरहेको समाचारमा उल्लेख छ ।