पोखरा ,३ कात्तिक
नेपाल सम्वत ११३८ को स्वागतार्थ पोखरामा शुक्रबार बृहत भिन्तुना र्‍याली निकालिएको छ । नेवा खलः कास्कीको आहृवान तथा पृथ्वीचोक कचा खलः, पृथ्वीचोक मिसा पुचः र पृथ्वीचोक ल्याम्हः पुचःको संयुक्त आयोजनामा न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो । नेपालीको महान पर्व तिहार अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिन देखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेकवर्ष निकालिने र्‍यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । र्‍यालीमा झाँकि सहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो । र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए ।

 

तपाईको प्रतिक्रिया