#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1245347055863746361727258661
नेपाल166493586038011

भारतमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

फाइल फोटो

नयाँ दिल्ली ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रण भएको हो ।

थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ ।

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना सङ्क्रणमुक्त भएका छन् । भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइदै लगिएको छ ।रासस/एएनआई

सम्बन्धित समाचारहरु

ताजा समाचार