#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1092786152151542991526107194
नेपाल145193191685320

संविधान संशोधनमा समर्थन गर्ने कांग्रेसको निर्णय

फाइल फोटो

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यलयमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ट्वीटरमा जानकारी दिएका छन् । उनले ट्वीरमा लेखेका छन्–‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

गत जेठ २ गते सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा भारतीय पक्षले कब्जा गरेको नेपाली भूमि समावेश गरी नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा जारी गर्ने उल्लेख गरिएको थियो । सोही नीति तथा कार्यक्रम अनुसार गत जेठ ५ मा बसेको मन्त्रिपरिषद्को बैठककले नयाँ नक्सा सार्वजनिक गर्ने प्रस्ताव पारित गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै नेपालको नयाँ नक्सा जारी गरेकी थिइन् । जसलाई जेठ ९ गते राजपत्रमा समेत प्रकाशित गरिएको थियो । नयाँ नक्सा जारी भएसँगै नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिवर्तन गर्न जेठ ९ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेकी थिइन् ।

यसअघि गत आइतबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि संविधान संशोधनमा समर्थन गर्ने निष्कर्ष निकालेको थियो । तर अन्तिम निर्णय पार्टीको केन्द्रीय समितिले गर्ने जनाएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार