थप १३ जनामा कोरोना पुष्टि, कूल संख्या १८११ पुग्यो

थप १३ जनामा कोरोना पुष्टि, कूल संख्या १८११ पुग्यो


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८११ पुगेको छ । पछिल्लो पटक १३ जना थपिएका छन् । उनीहरु पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु र नवलपरासीका हुन् । आजै दिउसो सम्म २२६ जना नयाँ संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । आइतबार १७१ जना थपिएका जानकारी दिइएको थियो । शनिबार पनि १८९ जना थपिएका थिए ।

कूल संक्रमित मध्ये २२१ जना निको भएका छन् । आइतबार १ जना निको भएका थिए भने आज पनि १ जना निको भएका छन् । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए । मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार २ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । गत बुधबार एकै दिन ११४ जना, विहिबार १५६, शुक्रबार १७० र शनिबार १८९ जना नयाँ संक्रमित थपिएका थिए । आइतबार १७१ जना र आज जम्मा २३९ संक्रमित थपिएसँगै कूल संख्या १ हजार ८११ पुगेको हो ।

पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

Logo