#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1120672252940343218006355519
नेपाल152593290846143

कोरोनाबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

सोमबार अपराह्नसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६ हजार १९५ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४० हजार १११ को मृत्यु भएको छ । युरोपमा २० लाख २९ हजार १८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७३ हजार ९०३ को मृत्यु भएको छ ।

एसियामा ११ लाख ४१ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३० हजार ८५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ४८ हजार ९६४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २४५ जनाको मृत्यु भएको छ ।रासस /एएफपी

सम्बन्धित समाचारहरु

ताजा समाचार