#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1092786152151542991526107194
नेपाल145193191685320

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ३३ हजार नाघ्यो

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारमा पछिल्ला दिनहरूमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३,१४७ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल सङ्ख्या ३३ हजार ४३७ पुगेको छ ।

आज जारी तथ्याङ्क अनुसार ३,८५० जनामा गरिएको परीक्षणमा थप १,५२३ जनामा भाइरसको सङ्क्रमण देखिएको छ । २ जना ५० र ५८ वर्षीय नागरिकको मृत्यु भएको छ । भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५८ हजार ४३३ पुगेको छ ।

कुल २ लाख २५ हजार ९१९ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १,४९३ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २०२ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २२ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २४० पुगेको छ । २४ हजार ९५६ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नागरिकहरु रहेको बताइएको छ ।

४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा १ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार