#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1092786152151542991526107194
नेपाल145193191685320

संशोधन विधेयक राजपत्रमा प्रकाशितदेखि स्वदेश फर्काउने तयारीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये संविधान संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरिएको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले पेश गरेको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरिएको हो । संविधानको धारा २७४ को उपधारा (३) को (२) मा संशोधन विधेयक दर्ता भएको ३० दिनभित्र सार्वजनिक सूचनाका लागि प्रकाशित गर्नुपर्नेे व्यवस्था छ ।

त्यस्तै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको सर्वसाधारणले विरोध गर्न थालेका छन् । लकडाउनको ७० औँ दिन पुग्दा पनि परीक्षणको दायरा नबढाइ लकडाउन मात्रै थपेको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल यतिबेला विज्ञप्तिका कारण आलोचित भएका छन् । मन्त्रालयको सहमति नहुँदा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी विद्यालयलाई निजीको जिम्मा दिने गरी बजेट ल्याएको भन्दै विज्ञप्ति जारी गरेपछि मन्त्री पोखरेल आलोचित बनेका हुन् ।

त्यस्तैगरी सांसदले पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कडा कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले त्यस्तो माग गरेका हुन् । सरकार मौन बसेर घटनालाई ढाकछोप गर्न खोजेको उनीहरुको आरोप छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले तयार पारेको कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै स्वदेश फर्किने नेपालीको विवरण संकलन गर्न थालिएको छ । कार्ययोजना पारित भएसँगै सीसीएमसीले विभिन्न मुलुकबाट हवाई तथा स्थलमार्गबाट स्वदेश फर्कन चाहने नेपालीको लगत तथा विवरण संकलन गर्न थालेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार