#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1096064252298343100226127637
नेपाल145193191685320

बजेटप्रति शेखर गोल्छाको असन्तुष्टि,-‘उद्योगीहरुको मनोबल घटायो’

काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटले निजी क्षेत्रको मनोबल बढाउन नसकेको प्रतिक्रिया दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि अर्थतन्त्रमा परेको असर र उद्योग व्यवसायीका समस्यालाई सम्बोधन गर्ने गरी बजेट नआएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताएका हुन् । उनले बजारमा सिर्जना भएको तरलता समस्यालाई कम गर्न बजेटले ध्यान नदिएकोले आफूहरुको मनोबल बढ्न नसकेको बताए ।

निजी क्षेत्रले राखेका चार वटा माग मध्ये एक वटा मात्र सम्बोधन भएको उनले बताए । पुर्नकर्जाको आकार एक खर्ब पु¥याउने, पुर्नकर्जामा साना तथा मझौला उद्योगी व्यवसायीलाई पहुँच दिने, बैंकको ब्याजदर ५ प्रतिशतमा झार्नु पर्ने, कर्जालाई पुर्नतालिकिकरण गर्नुपर्ने लगायतमा माग निजी क्षेत्रबाट राखिएको तर बजेटले पुर्नकर्जा १ खर्ब पु¥याउने बाहेकका माग सम्बोधन नगरेको गोल्छाले बताए । बाँकी मागहरु मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा आफूहरुले गरेको समेत उनले बताए ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले घरमा बस्ने श्रमिकको लागि ५० प्रतिशत र काममा आउनेको लागि पुरै तलब दिने उद्योगी व्यवसायीहरुको प्रस्तावलाई वेवास्ता गर्दै समाजिक सुरक्षा कोषमा भुक्तानी गर्नुपर्ने ३१ प्रतिशत रकम पछि तिर्न मिल्ने गरी सरकारले तिर्ने व्यवस्था गरेकोले उद्योगीको समस्यामा सरकार गम्भिर नभएको बताए । उनले घरमै बस्ने र श्रमिकलाई पुरै तलब दिंदा काममा आउने श्रमिकको मनोबल घट्ने बताए । त्यस्तै उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन विद्युतमा छुट दिनुपर्नेमा नदिएको, स्टिमुलस प्याकेजमा बुझाउन नसकेको, निर्यातमा सहुलियत नदिएको, आयकर छुटमा केही बढी क्षति भएका पर्यटन लगायतका क्षेत्रमा केही छुट दिए पनि सबै प्रकारका उद्योगहरुलाई नसमेटिएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारले उद्योगीहरुलाई कुनै सहयोग पनि नगर्ने र लकडाउन पनि लम्ब्याइरहने हो भने सबैभन्दा बढी समस्या आउने बताए । उनले लकडाउन रहिरहदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले तत्काल लकडाउन खोल्न आग्रह समेत गरे । उनले भने, ‘जब सम्म लकडाउन रहन्छ अर्थतन्त्र चलायमान हुन पनि सक्दैन । अहिले सरकारले ४४ वटा उद्योग खोल्ने भनेर कुरा पनि गरेको छ तर त्यसमा जुन नियमहरु ल्याएको छ त्यसमा पनि व्यवहारिक कठिनाइले गर्दा खुल्न सकिरहेको छैन । हामीले के भन्छौं भने लकडाउन कुनै समस्याको समाधान नै होइन ।’

उनले नेपालको लकडाउन विश्वमै सबैभन्दा लामो भइसकेकोले तत्काल खोलेर आर्थिक क्रियाकलापलाई चलाउनु पर्ने बताए । उनले लकडाउनकै कारण अर्थतन्त्र ध्वस्त हुने अवस्थामा आइपुगेको समेत बताए । न्यून आय भएका श्रमिकहरुको अवस्था झनै कमजोर भएकोले पनि अर्थतन्त्रलाई सुचारु हुन दिनुपर्ने उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार