#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1098561952295443352056127460
नेपाल145193191685320

राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता

काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराएका छन् । सोमबार राजपको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संसद सचिवालयमा विधेयक दर्ता गराएका हुन् ।

विधेयक दर्तापछि राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका प्रस्ताव ल्याएपनि आफूहरुले उठाउँदै आएका विषयहरु नसमेटिएकाले गैरसरकारी विधेयक दर्ता गरिएको बताए । देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा संवैधानिक निकाय र उच्च पदस्थ व्यक्तिहरुमाथि पनि छानबिन गर्न सक्ने गरी लोकपालको व्यवस्था गर्नुपर्ने माग आफूहरुको रहेको उनले बताए । संवैधानिक निकाय बाहेक विभिन्न आयोग र राजदूत नियुक्त गर्दा समानुपातिक समावेशिता हुनुपर्ने विषय पनि आफूहरुले उठाउँदै आएको उनले बताए ।

प्रदेशको संख्या हेरफेरका लागि आयोग बनाउनुपर्ने, प्रदेशको सिमाङ्कन हेरफेर गर्दा सबै प्रदेशको सहमति आवश्यक नहुने, बैवाहिक अंगिकृत नागरिकताको विषयमा संविधानमा उल्लेख हुनुपर्ने माग आफूहरुको रहेको उनले बताए । सरकारले आफ्ना कुराहरु सम्बोधन गर्न चासो नदेखाए सरकारले अघि सारेको संशोधनको पक्षमा आफूहरु मतदान गर्न बाध्य नहुने उनले बताए । यसअघि शुक्रबार राजपाका तर्फबाट नेता महन्थ ठाकुरले संशोधन विधेयक दर्ता गर्दा सचिवालयले अध्ययन गरेर मात्रै दर्ता हुने जवाफ दिएपछि दर्ता भएको थिएन । शुक्रबार राजपाले संशोधन दर्ता गर्दा समाजवादी पार्टीको सहभागिता पनि थिएन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार