#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1091817852135242912366105590
नेपाल145193191685320

चालु आर्थिकवर्षको १० महिनामा वैदेशिक रोजगारीमा गएका ८०४ नेपालीको मृत्यु

काठमाडौं ।

वैदेशिक रोजगारीका क्रममा चालू आर्थिक वर्षको वैशाखसम्म आठ सय चार जनाको ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीले ज्यान गुमाएका छन्।

आर्थिक सर्वेक्षणमा जनाइए अनुसार फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाको ज्यान गएको हो । गत आर्थिक वर्षमा सात सय ५४ जना नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो ।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार कोराना भाइरस (कोभिड १९) बाट वैदेशिक रोजगारीमा गएका २३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसबाट विदेशी भूमिमा एक सय २१ जनाको ज्यान गएको छ । १४ हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् ।

अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पछिल्लो दुई महिना (लकडाउनमा) मृत्यु भएका कामदारको शव स्वदेश ल्याउन समस्या भएको छ । पछिल्लो दुई महिना यता मृत्यु भएका मध्ये ७५ जनाको सोही देशमा दाहसंस्कार गर्ने परिवारले सहमति जनाइसकेका छन् । बोर्डले नेपालसहित अधिकांश देशमा कोरोनाका कारण लकडाउन भएकाले सोही देशमै दाहसंस्कार गर्न परिवारलाई प्रेरित गर्दै आएको छ ।

नीतिगत निर्णय गरेर सम्बन्धीत देशमा दाहसंस्कार गरेमा ५० हजार आर्थिक सहायता दिने निर्णय गरिएको छ । अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको छ ।

धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघात जस्ता कारणले वैदेशिक रोजगारीका क्रममा नेपालीले ज्यान गुमाइरहेका छन् । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण वर्षेनी नेपालीको ज्यान गइरहेको छ ।

यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ । चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको विज्ञहरु बताउँछन् । दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राती एसीमा सुत्ने गरेका कारण पनि बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको छ ।

सर्वेक्षण अनुसार आव २०७४/७५ मा आठ सय २१, आव ०७३/७४ मा सात सय ५६, ०७२/७३ मा आठ सय १६, ०७१/७२ मा एक हजार ६, ०७०/७१ मा आठ सय ७७ जनाको वैदेशिक रोजगारीका क्रममा ज्यान गएको छ । वैदेशिक रोजगारीका क्रममा हालसम्म करिब नौ हजार भन्दा बढी कामदारको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिका अनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको विज्ञहरु बताउँछन् । वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै तीनजनाको शव आउने गरेको छ । कतिपयको उतै पनि दाहसंस्कार गर्छन् । अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार