#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1091951652138842917266106402
नेपाल145193191685320

रोगको भन्दा भोकको चिन्ता, लकडाउनको मोडालिटी फेर्न दबाब (भिडियोसहित)

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लागू गरेको आज ७१ औं दिन । सुरुवाती दिनमा कोरोना संक्रमितको संख्या खासै देखिएपनि पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेका छन् । यो सामाग्री तयार पार्दासम्म संक्रमितको संख्या एक हजार ८ सय ११ जना पुगेको छ । योबीचमा ८ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या बढीरहेको भन्दै सरकारले जेठ मसान्त लकडाउन गर्ने निर्णय गरेको छ । तर पछिल्लो पटक लकडाउनको समयावधि थप गरेपछि यसको विरोध हुन थालेको छ । सरकारले लकडाउन अवधिको सदुपयोग नगरी लकडाउनलाई मात्रै जोड दिएको भन्दै विरोध शुरु भएको हो । छिमेकी मुलुकबाट आउनेहरुलाई राम्रो क्वारेन्टाइनको व्यवस्था नगरेको, सीमामा कडाइ नगरेको, लुकिछिपी आएका र भागेकाहरुको ट्रेसिङ नगरेको, कोरोना टेष्टलाई तीव्रता नदिएको तथा अन्य स्वास्थ्य उपचारमा ध्यान नदिएको भन्दै सरकारी कदमको विरोध भइरहेको छ ।

विगत दुई महिनादेखिको लकडाउनले उधोग, कलकारखाना, व्यापार व्यवसाय ठप्प रहेका छन् । यसले गर्दा सामान्य सर्वसाधारणदेखि ठूला उघोगिहरुको जनजिवन समेत कष्टकर बन्न पुगेको छ ।

सरकारले कुनै पनि विकल्प बिना नै दुई महिना भन्दा बढि सारा मुलुक बन्द गर्दा कोरोना भाइरसले भन्दा बढी सर्ने नसर्ने अरू रोग र भोकले मान्छे मर्ने चिन्ता र चेतावनी सर्वसाधारण तथा विज्ञहरूले बताउन थालेका छन् । पछिल्लो समय संसददेखि समाजिक सन्जाल र कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरू, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले समेत लकडाउनको ढाँचा बदलेर जानुपर्ने बताउँदै आएका छन् ।

विज्ञहरूले तथा उपभोक्ता अधिकारकर्मीले समेत अब लकडाउनको मोडालिटि परिवर्तन नगरे कारोनाले भन्दा पनि अन्य जटिलता थपिदै जाने बताउदै आएका छन् । यसले गर्दा विभिन्न व्यवसायीहरु तथा सर्वसाधारणहरुले सरकारको यो कदम प्रती रुष्ट हुदै सडकमा आउने चेतावनी समेत दिन थालेका छन।

त्यसो त मकवानपुर उद्योग वाणिज्य संघले त  सोमबार पत्रकार सम्मेलन नै गरेर सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै जेठ २१ गतेबाट बजार खुलाउने जानकारी दिए । मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दै संघले बाध्य भएर बजार खुलाउने निर्णय गरेको जनाएको छ । त्यस्तै बीरगंजका ब्यबसायीले पनि सोमबार साँझ प्रदर्शन गर्दै ब्यबसाय संचालन गर्न दिन माग गरेका छन्।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले लागू गर्दै आएको लकडाउन यही जेठ २० पछि खुकुलो गर्ने धेरैले अपेक्षा लिएको बेला शनिबार पुनः समय थप गरिएपछि व्यवसायीदेखि सर्वसाधारण आक्रोसित भएका हुन् । नेपाल अटोमोबाइल एशोसियएन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले लकडाउनले गर्दा मानिसहरुको दैनिकी दिनप्रति दिन कष्टकर बन्दै गएको र उद्योग व्यवसाय चौपट भएको भन्दै तर यस्ता कुरामा सरकार संवेदनशील नभएको बताए ।

छिमेकी मुलुक भारतमा पनि संक्रमणको अवस्था हेरेर लकडाउन खुकुलो पारिएको छ । त्यहाँ रेल र आन्तरिक हवाई सेवा यसअघि नै संचालनमा ल्याइसकेको छ ।

 

यो पनि

कोरोना भाइरसबाट डराउने कि सावधानी अपनाउँने ?

सम्बन्धित समाचारहरु

ताजा समाचार