#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097555952275343277726125034
नेपाल145193191685320

एउटै अनलाइनमा ८ वटा प्रकाशन गृहको पाठ्यपुस्तक निःशुल्क

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण शैक्षिण क्षेत्र पनि ठप्प छन् । वैशाखदेखि सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र अब कहिले सुरु हुन्छ निश्चित छैन ।

त्यसैले कतिपय विद्यालयहरुले अडियो, भिडियो माध्यमबाट पठनपाठन गराउँदै आएको छ । कतिपय विद्यालयले पाठ्यपुस्तकहरु अनलाइनमा राखेर विद्यार्थी घरमै अध्ययन गर्न आग्रह गरिरहेका छन् ।

ललितपुर गाःबहालस्थित वन्जला बुक एण्ड स्टेशनरीले पनि विद्यार्थीहरुलाई आवश्यक विभिन्न ८ वटा प्रकाशन गृहको पुस्तकहरु अनलाइनमा राखेको छ । राजधानीका विभिन्न दर्जनौं विद्यालयहरुमा अध्ययन अध्यापन पुस्तकहरु अनलाइनमा राखेको संचालक रवि महर्जनले जानकारी दिए । “विद्यालय नखुल्दा विद्यार्थीहरुले पढ्न पाएका छैनन, पुस्तक किन्न जान सक्ने अवस्था पनि छैन त्यसैले हामीले अनलाइनमार्फत पुस्तक उपलब्ध गराएका हौं ।” महर्जनले भने । अनलाइनमा नर्सरीदेखि १० कक्षासम्मका पाठ्यपुस्तक राखिएको उनले जानकारी दिए ।

अनलाइनमा राखिएको पुस्तकहरु निःशुल्क अध्ययन गर्न सकिन्छ । कतिपय पुस्तकहरु डाउनलोड गरेर पनि पढ्न सकिने महर्जनले बताए । “हामीले प्रकाशन गृहको अनुमतिमा कतिपय पुस्तकहरु डाउनलोड गर्न मिल्ने गरी पनि राखेका छौं । ” उनले भने ।

अनलाइनमा अभ्यास नेपाल एजुकेशन फाउन्डेशन, करिकुलम डेभ्लोप्मेन्ट सेन्टर, कान्तिपुर एजुकेशन डेम्लोप्मेन्ट काउन्सिल, प्रज्ञा बुक्स एण्ड डिस्ट्रिब्युटर्स, पुस्तक प्रकाशन गृह, शुभारम्भ पब्लिकेशन, सिम्फोनी पब्लिकेशनलगायका पुस्तकहरु अनलाइनमा राखिएका छन् । अन्य प्रकाशन गृहका पुस्तकहरू पनि राख्ने तयारी भइरहेको महर्जनले जानकारी दिए।

अनलाइनमा सरकारी विद्यालयमा अध्ययन अध्यापन हुने पाठ्नपुस्तकका लिंकहरु पनि राखिएका छन् । डब्लु डब्लु डब्लु द क्रियसन डिजाइन डटकमको यो लिंकमा गएर पुस्तकहरु अध्ययन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार