#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1092702552151242987686106745
नेपाल145193191685320

कसरी बन्दैछ कोरोनाको भ्याक्सिन ? भ्याक्सिन विज्ञ डा. राजीव नेपालको विश्लेषण

अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । जनसंख्याको केही प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता बिकास भयो भने यो महामारी रोकिने देखिन्छ । यस भाइरसको केसमा प्रारम्भिक डाटाले लगभग ६० देखि ७० प्रतिशत मानिसमा प्रतिरोधात्मक क्षमता आयो भने यो महामारी क्रमशः घट्दै जान्छ ।

त्यो क्षमता प्राप्त गर्ने दुई तरिका छन् । एउटा प्राकृतिक संक्रमण हो । थोरै मानिसलाई यसले गम्भीर बनाएको देखिएपनि यो भाइरस यसरी फैलिएको हुनाले प्राकृतिक संक्रमणको बाटोमा जाने हो भने मानवीय क्षति हुने धेरै देखिन्छ । मार्चको पहिलो हप्तासम्म पनि दुई ठूला राष्ट्रहरु अमेरिका र बेलायत यहि प्राकृतिक कोर्समा केन्द्रित देखिन्थे । त्यति नै बेला एक जना एपियोडोमोलोजिस्टले एउटा रिपोर्ट तयार गरे त्यसमा जुन मानवीय क्षतिको आङ्कलन गरिएको थियो । त्यसबाट त्रस्त भएर सामाजिक दुरीका नियमहरु ल्याइएका हुन् ।

अर्को भनेको भ्याक्सिन नै हो । यो लामो र खर्चिलो प्रकृया हो । तर पनि म अहिले सावधानीपूर्वक आशावादी र उत्साहित छु । किनभने डब्लूएचओले सार्वजनिक गरेको अध्यावधिक अनुसार, १ सय १० वटा भन्दा बढी भ्याक्सिनहरु अहिले प्रारम्भिक अनुसन्धानको चरणमा छन् । र, त्यसमा थप १० वटा भ्याक्सिन मानवीय परिक्षणको चरणमा पुगिसकेका छन् । जुन प्रकारले अहिले सम्पूर्ण एकेडेमिक, बायोटेक, सरकार, ठूला औषधि उत्पादक कम्पनी, अनुसन्धान ऐजन्सीहरु र प्रयोगशालाहरु यो कोरोनाबिरुद्ध साझा दौडमा लागेका छन् । यस प्रकारले पनि आशावादी छु ।

तर, सबैलाई लाग्ने प्रश्न भनेकै कति सयम लाग्छ भन्ने हो ? यो लामो प्रकृया हो । एउटा भ्याक्सिनको लागि अनुमानित लागत खर्च डेढदेखि २ बिलियन डलर लाग्न सक्छ । अर्को चाखलाग्दो विषय त के छ भने, सय वटा भ्याक्सिन बनाउँदा जम्मा ५ देखि ६ वटा भ्याक्सिन मात्र बजारमा पुग्छ ।

यो भ्याक्सिन बनाउँने बाटो भनेको असफलता नै असफलताको खाल्डो हो । तर पनि आशावादी हुनुको कारण अहिलेको ‘Number of vaccine candidates’ यतिधेरै माथि गइरहेको छ त्यति नै एउटा भ्याक्सिन प्राप्त हुने मौका (संभावना) बढ्दै जान्छ । यसरी जुनै कम्पनीले भएपनि सुरक्षित र प्रभावकारी भ्याक्सिन बनाओस् ।

भ्याक्सिन परिक्षणको प्रक्रिया

भ्याक्सिनको लागि सुरुमा पूर्व अनुसन्धान हुन्छ जुन हामी जनावहरुमा गर्छौं । त्यसपछि हामी मान्छेमा जान्छौं । र, त्यसलाई तीन चरणहरुमा गर्छौ । पहिलो थोरै मानिसहरुमा सुरक्षित अध्ययन गर्छौ त्यसपछि अलिक धेरै मानिसहरुमा गर्छौ र अन्तिम अथवा तेस्रो चरणमा भ्याक्सिन प्रभावकारी छ कि छैन भनेर हेर्छौं।  यो नै प्रभावकारी अध्ययन हो।

औषधि बनाउनमा अलिकति सजिलो किन हुन्छ भने बिरामीहरुलाई दुई भागमा विभाजन गरेर औषधिले काम गर्छ कि गर्दैन भनेर हेर्ने हो । तर, भ्याक्सिनको विषयमा के छ भने, स्वस्थ मानिसलाई दिनुपर्छ । स्वस्थ मानिसलाई दिएपछि पर्खिनुपर्ने हुन्छ । यो समयमा पनि रोग के कति छ, कुन दरमा छ ‘Incidence rate of the disease’ यी धेरै कुराहरुमा फरक पर्ने हुनाले त्यसले पनि समय थपिन्छ । ( Higher incidence :less time, lower incidence: more time)

त्यसपछि यो तेस्रो चरण पार भइसकेपछि नियामक निकाय हरू जस्तै एफडीएलगायतका संस्थाहरुको काम आउँछ र उनीहरुले एक वर्षका लागि लिन्छन् । पहिला पहिला त ट्रकका ट्रक डाटा जान्थे तर, अहिले विद्युतीय माध्यमबाट पठाइन्छ । यति धेरै डाटा हुन्छ त्यो सबैलाई निश्चित गर्नुपर्यो कि यो सुरक्षित र प्रभावकारी पनि छ भनेर ।

त्यसबेला उनीहरुले फाइदाको हिसाबमा जोखिम पनि मोल्नुपर्ने हुन्छ ( Risk benefit analysis) त्यसमा थप समय लाग्छ । यो सबै भइसकेपछि यदि कम्पनीले स्वीकृति पायो भने मात्र बल्ल कम्पनी ठूलो परिमाणको भ्याक्सिन निर्माणमा जान्छ । यो एकदमै लामो प्रकृया छ ।

अब यो बाटोबाट गयो भने त कोभिड १९ को भ्याक्सिन कहिल्यै बन्दैन । तर अहिले सबैले यसलाई छोट्याउन खोजिरहेका छन् ।

के यो छोट्याउन सजिलो छ त ?

यसका लागि हामीले इतिहास हेर्नुपर्ने हुन्छ । सन् २००९ मा एच १ एन १ आउँदा यो प्रकृया अपनाएर लगभग ६ महिनामा भ्याक्सिन तयार गरिसकेको थियो । तर, त्यो भ्याक्सिन आउँदा लगभग महामारी एकप्रकारले नियन्त्रण भइसकेको थियो ।

त्यो भ्याक्सिन बनाउन अलिक सजिलो भएको थियो किनभने फ्लु भनेको हरेक वर्ष आउँने हुनाले त्यसलाई धेरै परिवर्तन गर्नु परेन । जाने बुझेकै भाइरस भएको हुनाले नयाँ आएको भाइरसको केही अंश हालेर बनाउन सजिलो भयो ।

यो भन्दा पनि अझै चाँडो बनाइएको भ्याक्सिन भनेको इबोला भाइरसको हो।  गत वर्ष २०१९ मा स्वीकृत पाएको यो भ्याक्सिन बनाउन र एफडिएबाट स्वीकृत पाउन ५ वर्ष लाग्यो । हामीले अहिलेसम्म छोट्याएको भनेको ५ वर्ष हो त्यो पनि यो केसमा काम लाग्दैन

५ वर्ष समयावधि भनेको यो केशका लागि धेरै लामो समय हो । हामीले यो महामारीलाई निर्देशित गरेर भ्याक्सिन बनाउँने हो भने हाम्रो पुरा सोच नै फरक हुनपर्छ ।

जुन प्रकृया अनुक्रम रुपमा बनाउँदा धेरै महंगो हुन्छ । एउटा चरणबाट अर्को चरणमा जाँदा धेरै कुराहरु हुन्छन् । अब त्यसलाई क्रमबद्धका साथ गर्नुको सट्टामा समानान्तररुपमा गरिएको देखिन्छ ।

तीन मानव अध्ययन अनुक्रमिकको सट्टा समानान्तरमा गरिनु पर्छ। अब यसरी छोट्याएर गर्दा एकदेखि डेढ वर्षसम्ममा भ्याक्सिन ल्याउन सकिन्छ कि भन्ने कुरा छ । र, यसको तेस्रो चरण परिक्षण गर्ने तरिका पनि भिन्न तरिकाले सोच्न थालिएको छ ।

स्वास्थ्य मानिसमा भ्याक्सिन लगाएर कुरेर अनि अध्ययन गर्नुभन्दा भ्याक्सिन लगाएर ती मानिसहरुलाई जानी जानी नै कोरोना भाइरसको ( human challenge study where you vaccinate healthy individuals and expose them to Coronavirus in a controlled environment) प्रभाव हेर्ने कि भन्ने कुरा पनि आएको छ ।

यो अलिक बाहिरका सोचाइहरु भए ( out of the box thinking.) नियामक एजेन्सीले डाटा बिना सशर्त स्वीकृति प्रदान गर्न सक्छ।
ठूला ठूला कम्पनीहरु जोसँग प्रशस्तै स्रोतसाधन र निर्माण क्षमता विश्वव्यापी छ । आपूर्ति प्रकिया एकदमै व्यापक छ । एक प्रकारका सामाजिक दायित्व लिएर हामीले पनि प्रयास गर्नुपर्छ भन्ने हिसाबले  मिलियन, विलियन खर्च गरिरहेका छन् ।

कसरी बन्दैछ त भ्याक्सिन ?

हामीसँग भ्याक्सिन बनाउँने २ सय वर्ष लामो अनुभव छ । त्यसमा भाइरसलाई लिने र त्यसलाई एकप्रकारले बृद्धि गरेर निष्क्रिय गर्ने र भ्याक्सिनको रुपमा प्रयोग गर्ने हो । तर यसमा सुरक्षाको हिसाबले धेरै जाँच गरिएको हुनाले लामो समय लाग्छ ।

अहिले नयाँ प्रविधिहरु आएका छन् यो नयाँ प्रबिधिमा भाइरसलाई बृद्धि गर्नु पर्दैन। भाइरसको जीवाणुको जानकारी मात्र चाहिन्छ । यो जनवरी ११ मै चीनले उपलब्ध गरायो । यसले तपाई आफ्नो कम्यूटरको अगाडि बसेर भ्याक्सिनको डिजाइन गर्न सक्नुहुन्छ ।

म अहिले धेरै आशावादी नयाँ प्रविधि न्यूक्ल्याक्यीएसिड भ्याक्सिनमा छु । जसले डिएनए अथवा आरएनएलाई भ्याक्सिनको रुपमा प्रयोग गरिन्छ । यसमा समय कम लाग्छ र यो कुनै लिभिङ सिस्टममा ‘ग्रो’ गर्नुपर्दैन । यो प्रेसमा छापेको जस्तै छाप्न मिल्छ । तर, यस भ्याक्सिनको समस्या भनेको अहिलेसम्म यो भ्याक्सिनले काम गरेको कुनै प्रमाण छैन । ती एकदमै नयाँ प्रविधि हुन् । ‘Cutting edge technology-could be a game changer’ सिद्धान्तमा हेर्दा एकदमै राम्रा देखिन्छन् ।

समग्रमा अहिले १० वटा भ्याक्सिन मानवीय चरणमा पुगिसकेका छन् । ती हाल पहिलो र दोस्रो चरणमा छन् । तेस्रो चरणमा पुगिसकेको छैन तर अहिलेसम्मको डाटा हेर्दा सकारात्मक देखिएको छ । आशा गरौं यो वर्षको अन्त्यसम्म तेस्रो चरणमा पुगरे हामीले केही नतिजाहरु प्राप्त गर्न सकौं ।

चुनौती

भ्याक्सिन विकासमा मानव परिक्षणमा पुगेका १० भ्याक्सिन मध्ये ५ वटा चीनबाटै भएका छन् । चीन अगाडि देखिन्छ । त्यसैगरी अमेरिका र यूरोप पनि यसमा अगाडि नै देखिएको छ ।

कोभिड १९ सँग जुटिरहेका औषधि विज्ञानहरुको चुनौतीलाई म दुई तरिकाबाट हेर्न चाहन्छु । एउटा प्राविधिक कुराहरु भए । भ्याक्सिन विकास गर्दा लाग्ने समय । त्यसमा पनि विगतलाई हेर्दा सधै भ्याक्सिन विकासमा सफलता मात्र होइन तिता अनुभवहरु पनि छन् । जस्तै २००४/0५ तिरको एचआइभी भ्याक्सिन  त्यसले कम होइन कि झन बढी भएको रिपोर्ट आयो र परिक्षणलाई नै रोक्नु पर्यो ।

चार दशक भन्दा बढी पछि पनि हामीसँग अझै एचआईभी खोप छैन । त्यसपछि २०१५ तिर डेङ्गुको पनि त्यस्तै खालको आयो । यो पनि २०१५ मा फेल भयो।

भ्याक्सिन लगाइसकेपछि जुनप्रकारको प्रतिरोधात्मक क्षमता बिकास गर्नुपर्ने हो तर त्यो नगरेर रोगलाई बढाउन पो सक्छ कि भन्ने प्रश्न पनि छ ।

त्यसैले प्राविधिक पक्षबाट भन्दा भ्याक्सिनले सधै राम्रो काम मात्र गर्दैन, कामै पनि नगर्न सक्छ या उल्टो पनि गर्नसक्छ  । अर्को भनेको उमेर समुहलाई भ्याक्सिन जरुरी छ  ।

यसको परिणाम अलिक सिरियस केस बृद्धहरुमा देखिएको छ । त्यस्ता उमेर भएकाहरुको प्रतिरोधात्मक क्षमताले भ्याक्सिनलाई प्रतिक्रिया नै गर्न नसक्ने पो हो कि ? भन्ने पनि छ । पाका व्यक्तिहरु प्रतिरक्षा प्रतिक्रिया कमजोर छ । उनेहरूले खोपमा प्रतिक्रिया दिन सक्दैनन् ।

यो वाच्छनीय हुँदैन किनकी पुराना व्यक्तिहरू अप्रत्याशित रूपले कोरोनाभाइरसद्वारा प्रभावित छन् र तिनीहरू एक हुन् जसलाई सबैभन्दा धेरै खोप चाहिन्छ।

 

(इमिनोलोजीमा पिएचडी गरेका डा.नेपाल अहिले क्यानडाको प्रसिद्ध भ्याक्सिन निर्माता कम्पनीमा मेडिकल एडभाइजरकारुपमा 
कार्यरत हुनुहुन्छ । यो सामग्री शालिग्राम अर्यालसँगको कुराकानीमा आधारित रहेर तयार पारिएको हो।) 

सम्बन्धित समाचारहरु

ताजा समाचार