#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1120703652941843220996355519
नेपाल152593290846143

कतारमा कोरोना : सङ्क्रमित संख्या ६२ हजार नाघे, मृत्यु हुनेको संख्या ४५

तिलु शर्मा पौडेल
दोहा कतार ।

कोरोनाका कारण कतारमा रहेका नागरिकहरूको दैनिक जीवनयापनमा परेको असहजतालाई सहजीकरण गर्न सरकारद्वारा जारी मोबाइल एप ‘एहतराज’ ले प्रयोग कर्ताको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने गर्दछ । एपमा नागरिकका चार स्वास्थ्य अवस्थाका बारेमा कोडको व्याख्या गरिएको छ । हरियो कोडले– स्वस्थ्य, खैरोले शंकास्पद, पहेलोले क्वारेन्टाइनमा बसेको र रातो कोडले कोरोना सङ्क्रमित भएको जनाउँछ । एपले आफू नजिक कोही सङ्क्रमित आएमा नोटिफिकेसनमार्फत जानकारी समेत दिने गर्दछ ।

उक्त एपलाई आजबाट कतारका केही हाइपर मार्केट तथा मलहरूले ग्राहकहरूलाई मार्केट प्रवेश पूर्व अनिवार्य रूपमा आफू स्वस्थ्य रहेको देखाउनु पर्ने जनाएका छन् । यदि एपका अनुसार तपाईं स्वस्थ भए मात्र प्रवेश पाउनु हुनेछ । आजबाट लागू हुने गरी अल मिरा, मोनोप्रिक्स, क्यारिफोर, लुलु र सफारी हाइपर मार्केटहरू सहित केही सुपर मार्केटहरू र मलहरूले प्रवेश पूर्व उक्त एप अनिवार्य देखाउनु पर्ने सूचना आफ्ना सामाजिक सञ्जालमार्फत दिएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५,३३९ जनामा गरिएको परीक्षणमा १९०१ जनामा सङ्क्रमण देखिएको छ भने १,५०६ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । थप २ जना ४८ र ५३ वर्षीय नागरिकको मृत्युसँगै मृतकको कुल सङ्ख्या ४५ पुगेको छ । कतारमा सङ्क्रमितको सङ्ख्या ६२ हजार १६० पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ३७ हजार ५४२ पुगेको छ ।

कुल २ लाख ३६ हजार ४३७ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १,५५६ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २४५ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १५ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३७ पुगेको छ । २४ हजार ५७३ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार