#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121052752948643244806356561
नेपाल152593290846143

छुवाछुतको घटना बढेकोप्रति प्रधानमन्त्रीको चिन्तादेखि अस्पताल भर्ना नलिनेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा दलित समुदाय छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

त्यस्तै कोभिड–१९ बाट बँच्न यतिबेला विश्वभर लकडाउनका उपाय अवलम्बन गरिएको छ । तर यो अल्पकालीन र संक्रमण फैलिन नदिने माध्यम मात्रै हो । त्यसैले अहिले विश्व समुदायले कोरोना भाइरसको औषधि कहिले बन्छ भनेर जिज्ञासा राखिरहेका छन् । उता विश्वभरका अनुसन्धानकर्ताहरु यसको औषधिको खोज अनुसन्धानमा जुटिरहेका छन् तर अहिलेसम्म कुनै भ्याक्सिन बन्न सकेकाे छैन ।

लकडाउनको अवधि बढाउँदै गएपछि सरकारको विरोध हुन थालेको छ । लकडाउनको अवधि जेठ मसान्तसम्मलाई तोकेपछि यसको मोडल फेरबदल नगरी लकडाउनको अवधि मात्रै थपेको भन्दै सरकारको विरोध हुन थालेकोे हो ।

त्यस्तैगरी देशभर लकडाउन हुँदा बजारमा चामल, दाल, मैदा, तेललगायतका खाद्य सामग्रीको मूल्य अध्याधिक बढेको छ । खाद्यान्नको कृत्रिम अभाव सृजना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको हो ।

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने विरामीलाई मात्र अब अस्पतालमा भर्ना गरिने स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् । कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले सामान्य अवस्थाका विरामीलाई अस्पतालमा भर्ना नगरिने उनको भनाइ छ ।

पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार