#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1246225255878346422257261244
नेपाल166493586038011

कोरोना जितेर डिस्चार्ज भए लगत्तै कारागार चलान

बैतडी ।
बैतडीमा कोरोना जितेका युवकलाई कारागार चलान गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिका २ की १९ वर्षीया किशोरी गीता महर मृत्यु प्रकरणमा पक्राउ परेका ती युवकलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न यसअघि दिएको आदेश अनुसार कारागार चलान गरिएको हो ।

गत वैशाख १५ गते गीता महर मृत्यु प्रकरणमा पक्राउ परेका २२ वर्षीय युवकलाई जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका बेला कोरोना पुष्टि भएपछि ती युवकलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

कोरोना संक्रमणको १३ औं दिनमा युवकले बुधबार कोरोना जितेपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीको टोलीले युवकलाई कारागार पुर्‍याएको थियो । कोरोना संक्रमित युवकको १० औं दिनको रिर्पोट र त्यसपछिको २४ घण्टामा लिइएको स्वाबको रिर्पोट नेगेटिभ आएपछि युवकलाई अस्पतालबाट डिस्चार्ज गरेको हो ।

ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट स्वदेश फर्किएका थिए । बैतडीका संक्रमित ६ जनामध्ये ५ जना अस्पतालमै उपचार गराइरहेका छन् । जेठ १० गते संक्रमण पुष्टि भएका शिवनाथका ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने यही जेठ १९ गते संक्रमण पुष्टि भएका ३१ वर्षीय पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार