#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1245347055863746361727258661
नेपाल166493586038011

लकडाउनको मारमा पनि निजी विद्यालयलाई शुल्क उठाउनै हतारो

काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन गराउने जनाएको थियो । विद्यालय नखुले पनि घरैमा रहेका विद्यार्थीलाई प्रिन्ट, रेडियो, टेलिभिजन र अनलाइनका माध्यमबाट कक्षा सुरु गर्ने भनिएको छ ।

निजी विद्यालय सञ्चालकले भने वैकल्पिक तरिकाले कक्षा सुरु गर्नुभन्दा पहिले विद्यार्थी भर्ना लिएर शुल्क उठाउन पाउनु पर्ने माग अघि सारेका हुन् । उनीहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सत्तारूढ नेकपाका नेताहरूलाई समेत भेटेर शुल्क लिन पाउने व्यवस्था सुनिश्चित गर्न दबाब दिइरहेका छन् ।

प्याब्सन र एनप्याब्सनले यसअघि बुधबारबाट विद्यार्थी भर्ना र अनलाइन कक्षा सुरु गर्ने जनाएका थिए । शिक्षा मन्त्रालयले असार १ गतेबाट खुला र दूरशिक्षाका माध्यमबाट कक्षा सञ्चालन गर्न सक्ने बाटो खोलेपछि विद्यालय सञ्चालक शुल्क उठाउने प्रबन्ध गर्न समेत कस्सिएका हुन् । मन्त्रालयले बालबालिकाको सिकाइलाई निरन्तरता दिन मात्र वैकल्पिक विधिबाट अध्ययन, अध्यापन गर्न लागिएको जनाएको छ । यसलाई औपचारिक कक्षाको मान्यता दिइएको छैन ।

लकडाउनकै अवधिमा केही निजी विद्यालय सञ्चालकले अभिभावकसँग शुल्क मागेका थिए । अहिले विद्यालयको प्रशासन खोलेर अनलाइन कक्षा सञ्चालन गर्न पाउनु पर्ने माग अघि सारेका हुन् । लकडाउनकै अवधिमा हिमालयन ह्वाइटहाउस, काव्य लगायत एक दर्जनभन्दा बढी निजी स्कुलले शुल्क मागेको स्थानीय तहमा उजुरी परेको थियो । ती विद्यालयलाई स्थानीय तहले सचेत गराइसकेको छ ।

राजधानीकै चाँदबाग स्कुलले विद्यार्थीसँग वार्षिक शुल्कसहित चैत महिनाको शुल्क बुझाउन अभिभावकहरूलाई ताकेता गरेको छ । जब कि शिक्षा मन्त्रालयले चैत महिनाको शुल्क नलिन र अनलाइन कक्षाको कुनै पनि रकम नलिन परिपत्र गरेको छ ।कान्तिपुरबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार