smart doko

मनोज–मीनावीचको ‘डिभोर्स’ ‘डिप्रेसन’ कै कारण

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ माघ २१ आईतवार | प्रकाशित १८:४२:२४
मनोज–मीनावीचको ‘डिभोर्स’ ‘डिप्रेसन’ कै कारण

नीलम ढुंगाना

मान्छे किन ‘डिप्रेस’ हुन्छ ? अथवा आफ्नो सामान्य दिमागी हालत बाट असामान्य अवस्था तिर कसरी जान्छ ? त्यो चिकित्सकीय विश्लेषणले प्रष्ट पारेको होला । डिप्रेसनमा जानु पर्ने धेरै कारणहरु हामीले पत्र–पत्रिकाहरुमा पढिरहेका हुन्छौं । कोही मान्छे बिना कारण नै ‘डिप्रेसन’मा गएको पनि पाईन्छ । कसैमा बंशानुगत गुण पनि रहेको होला । तर पनि बिना कारण कोही ‘डिप्रेशन’ बाट गुज्रन्छ भन्ने कुरा चिकित्सा बिज्ञानले मान्दैन । कुनै न कुनै त्यस्तो कारक तत्व रहेको हुन्छ जसले मान्छेको सामान्य दिमागी हालतलाइ समाजले नदेख्नेगरी, सामान्य मान्छे र घर परिवारले समेत थाहा नपाउनेगरी अनि बिरामी आफैंले समेत बुझ्न नसकिनेगरी उसलाई ‘डिप्रेसन’को गम्भिर दलदलमा धकेली रहेको हुन्छ ।

‘डिप्रेसन’मा भएको अवस्थामा अथवा त्यो रोगबाट गुज्रीरहेको अवस्थामा मान्छेको दिमागमा एउटा कुराले गम्भीर रुपमा डेरा जमाउँछ । कसैको मनमा मृत्युको कुराले डेरा जमाउँछ । त्यो मान्छेले कसरी मृत्युबरण गर्न सकिन्छ भनेर नयाँ–नयाँ तरिका खोजिरहेको हुन्छ । मृत्युले डेरा जमाएको बिमारी लाई ‘जा..जा मर्न जा’ भनेर ‘डिप्रेशन’ले फकाई फकाई धकेली रहेको हुन्छ रे !
मृत्यु नै साश्वत सत्य र सुख हो । जीवनको अन्तिम निचोड नै मृत्य हो भने मर्न किन ढिलो गर्ने ? भन्ने कुरा लाई सापेक्षित रुपमा ग्रहण गर्न पुगेको बिमारीको नजरमा मृत्यु मोक्ष हो, त्यसैले समाज र घर परिवारलाई उसले मर्न चाहेको कुराको छनकसम्म लाग्न नदिई आत्महत्या गर्दिन्छ । धेरै सेलिब्रेटी लगायत उच्चपदस्थ कर्मचारीहरुले समेत गरेका हाई प्रोफाईल आत्महत्याहरुमा ‘डिप्रेशन’ नै कारण थियो भनेर चिकित्सकहरुले राय दिएको हामीहरुले पढ्दै आइरहेका छौं ।

जसको दिमागमा मृत्युले डेरा जमायो, उसले आत्महत्या गर्यो । त्यसपछी त्यो ‘च्याप्टर’ बन्द हुन्छ । तर जुन बिमारीको दिमागमा मृत्यु बाहेकका अन्य कुराहरुले डेरा जमाए, उनीहरु जीवित रहुन्जेल त्यसको सिकार भई रहन्छन । प्रशव बेदनाको कारण सुत्केरी भएको लगत्तै धेरै महिलाहरु ‘डिप्रेशन’को शिकार हुने गरेको तथ्य पनि हामीले पढ्दै आई रहेकाछौं । त्यो समयमा लागेको रोगले महिलाहरुमा बच्चा लाइ माया नगर्ने, लोग्नेसंग मन मुटाव हुने अथवा त्यो घर प्रति नै वितृष्णा पैदा हुने सम्मका लक्षणहरु बिमारीमा देखिने गरेको डाक्टरहरु बताउँछन् ।

आफु भित्र रहेका कुनै–कुनै खुबीहरु र कुनै–कुनै कलाहरु बाहिर संसारलाई देखाउन चाहेको अवस्थामा त्यो रहरमा बाधा पुगेको कारण पनि कोही ‘डिप्रेशन’मा किन नजाला र ? आजको प्रश्न यही हो ।
कलाकार मनोज गजुरेल र मीना ढकालको हाइ प्रोफाईल डिभोर्सको पछाडि पनि यस्तै सुसुप्त अवस्थामा लुकेर रहेको ‘डिप्रेशन’ नै त कारण थिएन ? हुन सक्छ मिना ढकालको मनमा आफुलाई रहर भएका र पुरागर्न नसकेका कामहरु पुरागर्नको लागी यो लोग्ने लाई छोड्न पाए त रहर हरु पुरा गर्न सक्थें, आफै एक्लैपनि मैले प्रगति गरेर देखाउन सक्थें भन्ने कुराले पो डेरा जमाएको थियो कि ? कसैले त्यता पट्टि बुझ्ने प्रयाश गर्यो ?

सरासर अवस्था बिचारगर्दा यो ‘हाइ प्रोफाइल’ डिभोर्स भएको मामलामा यही भएको हो । धेरै पुरानो, भर्खर छोराछोरी जन्मदा लोग्नेले वास्ता नगर्दा र आफुले केहीगर्न नसक्दा लागेको रोग अनि सुसुप्त अवस्थामा दिमागमा डेरा जमाएर बसेर अहिले बाहिर आएको र देखिएको हो कि ? मीना ढकाललाई समय र उमेर बोध नभएको रोगको कारणले हो कि ? मीनालाइ आफ्नो उमेरको ख्याल नभएको कुरा मनोज गजुरेलले पनि बुझ्न नसक्नु मनोज पनि दिमागी हालतमा पूर्णतया स्वस्थ र सामान्य छन् भनेर मान्न नसकिने अर्को कारण हुन पनि सक्छ । उनीहरु दुवैको दिमागमा ‘अब त अत्ति भयो’ छुट्टिएको बेश भन्ने तत्वले डेरा जमाएको कारण नै डिभोर्स भएको देखियो । त्यो अत्ति के कारण ले जन्मायो त ?

केवल रोगको कारण हुन्छ यस्तो – मान्छेहरु कुरा बुझ्दैनन् र डिभोर्स गर्छन् । मेरो नजरमा मीना लाइ त साथ चाहिएको थियो उनले खोजे जस्तो गरेर –उनलाई गीत गाउन रहर हुँदा ‘ल बाबा गीत गाउ’ भनेर गाउन दिएको भए –उनले गाएको राम्रो छ भनेर तारिफ गरिदिएको भए, अथवा यो यो कमजोरीहरु छन् तिमीले यसलाई सुधार गर्नु पर्छ भनेर सिकाउदै लगेको भए, उनलाई ‘तैले केहि गर्न सक्दिनस्’भन्ने कुरा सुगा रटाई गरेर दैनिक नसुनाईएको भए उनी निको हुन्थिन् । एकदिन उनी आफैलाई मेरो गायन राम्रो छैन भन्ने बोध हुन्थ्यो पक्कै र गाउन छाड्ने थिईन । तर यहाँ त उनलाई गिज्याउने काम भयो । रोग नबुझेर गिज्याए मान्छेले– लोग्नेले नै गिज्यायो –उनले सहन सकिनन् । त्यो अवस्थामा उनको दिमागमा यदी ‘मृत्यु’ घुमी रहेको हुन्थ्यो भने उनले आत्महत्या गर्ने पक्का पक्की थियो । तर उनले अझै हिम्मत हारेकी थिइनन् । उनको दिमागमा स्वतन्त्रताले डेरा जमाएको थियो र त्यती लागिन् ।

कुरा बुझ्दैन परिवारले, अगाडिको मान्छेको चाहना के हो ? कतै त्यही त्यही चाहाना रोग बनेर बसेको पो छ कि ? यो कुरा बुझ्नु वा बुझ्न सक्नु धेरै गाह्रो काम हो । जानेर बुझेर अथवा सामान्य दिमागी हालतमा बाईस बर्ष बिताएको जिन्दगीलाई फेरि सुरुवातमा झार्नु चानचुने निर्णय होइन । जिन्दगी कुनै साँप सिंढीको खेल पनि होइन । एकै पटक तल माथि हुने । उमेर अनुसारको जिद्दी पना हुन्छ मान्छेमा । नसुहाउदो जिद्दी देखाउन थाल्यो भने मान्छे असामान्य हुदै गएको बुझ्नु पर्दछ । हरेक मान्छेले यो त गर्न सक्छु होला भन्ने सोचेको हुन्छ त्यो बेलामा यहाँ तैले सक्दैनस् भन्दिने हो भने त्यो मान्छे निराश हुन्छ । उसलाई ट्राई गर्न दिएर उ आफै लाइ नसक्ने रहेछु भन्ने बोध हुन दिनु पर्छ । कन्ट्रोल गर्नु पनि पर्छ तर त्यो नियन्त्रणले गर्दा रोग नै त लाग्दैन भन्ने तर्फ हरेक आफन्त सचेत भने हुनु पर्छ ।

नीलम ढुंगाना, लेखक