प्रिया वारियरलाई पछि पार्दै भाइरल बनिन् यी मटनवाली

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन ६ आईतवार | प्रकाशित १४:१६:१७
प्रिया वारियरलाई पछि पार्दै भाइरल बनिन् यी मटनवाली

भ्यालेनटाइनको दिन एउटा भिडियो निकै हिट भयो । भिडियो मलयाली अभिनेत्री प्रिया प्रकाश वारियरको थियो । उनले आँखाको इशाराले केटासँग कुराकानी गरेको त्यो भिडियो इन्टरनेट सेन्सेसनल बन्यो । यसलाई भारतिय टेलिभिजन च्यानलदेखि अनलाइनहरुमा राम्रै कभरेज गरियो ।

अब प्रिया प्रकाश वारियरको कुरा छाडौं । उनलाई माथ दिने अर्की युवती निस्किएकी छिन् । ताइवानकी यी भाइरल गर्ल खासमा सेल्स गर्ल हुन् । उनलाई मटनवाली भनेर प्रचार गरिएको छ ।

खसीको मासु व्यापार गर्नका लागि पसलका मालिकले ती युवतीलाई मासु सर्भ गर्ने काममा खटाएका थिए । पसल मालिकले युवतीको फेस अर्थात अनुहार देखाएर आफ्नो मासु विक्री गर्न चाहेका थिए । तर युवती नै अहिले चर्चित बनिन् । उनको मासु पसलमा अहिले ग्राहकको भिड लागेको छ ।
त्यसो त ती युवती व्यवसायिक मोडल पनि हुन् ।

fasttrack
धेरै पढिएको