थरीथरीका हुन्छन् दम्पती, कस्ता जोडी भाग्यमानी ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन १२ शनिबार | प्रकाशित १५:५८:५२
थरीथरीका हुन्छन् दम्पती, कस्ता जोडी भाग्यमानी ?

सवैको स्वभाव, आनीबानी, सोचाई मिल्दैन । व्यक्ति अनुसार केहि न केहि फरक हुन्छ । बिवाहित जोडी पनि सबै एकैखाले हुँदैनन् । कोहि अभिभावक जस्ता हुन्छन्, कोहि केटाकेटी जस्तै हुन्छन् । कसैको पति पत्नीमाथि हावी हुन्छ, कसैको पत्नीले घरमा राज चलाएको हुन्छे ।

१. कसैको पति वा पत्नी अभिभावक जस्तै हुन्छ । एउटाले सबै घर व्यवहार धानेको हुन्छ । अह«ाई खटाई पनि उनैले गर्छ । आर्थिक मामलादेखि सामान्य घरायसी काममा पनि उनीहरु पोख्त हुन्छन् । बिजुली, पानी, टेलिफोनको बिल तिर्नेदेखि स्कुलको फि तिर्नेसम्मको काम एकै जनाले सम्हाल्छन् । यस्तो पार्टनर अभिभावक जस्तै हुन्छन् । उनीहरु काम पनि सबै आफै गर्छन्, अधिकार पनि जमाउन खोज्छन् । उनीहरुले जे भन्यो, त्यो अरुले मान्नुपर्ने हुन्छ ।

२. एकखाले दम्पती अपरिपक्क हुन्छन् । उनीहरु घर व्यवहार चलाउनै जान्दैनन् । सानोतिनो समस्यामा पनि अत्तालिने हुन्छन् । घरखर्च टार्नेदेखि सामान्य व्यवहार गर्नेसम्मको ढंग पु¥याउँदैनन् । उनीहरु सानोतिने कुरामा अल्झिरहेका हुन्छन् । परिवार कसरी चलाउने भन्ने कुरा पनि उनीहरुले सिकेका हुँदैनन् । यस्ता दम्पतीमा धेरै किसिमको समस्या आइरहेको हुन्छ ।

३. एकखाले दम्पतीमा पति वा पत्नीमध्ये एक जना हैकमवादी हुन्छन् । उसले आफ्ना पति वा पत्नीलाई आफ्नो बसमा राख्न खोज्छन् । उनीमाथि हैकम जमाउन खोज्छन् । यस्ता पार्टनरमा सबै कुरा आफ्नो मात्र राम्रो वा आफुले गरेको कुरा मात्र ठिक हो भन्ने दम्भ हुन्छ । उनीहरु अरुलाई अधिकार जमाउन दिदैनन् । आफु मात्र एकतर्फी रुपमा निर्णयहरु गर्छन् । यस्ता दम्पतीको सम्बन्ध सधै असन्तुलित हुन्छ ।

४. एकखाले दम्पती हुन्छन्, नौंटकी गर्ने । उनीहरु बाहिर एक किसिमको सम्बन्ध देखाउँछन्, भित्रै अर्कै किसिमको हुन्छ । उनीहरुको मुड पनि क्षण क्षणमै बद्लिइरहन्छ । उनीहरु सानोतिनो कुरामा पनि बिवाद गर्छन् । झगडा गर्छन् । फेरी क्षणभरमै मिल्छन् । यस्ता दम्पती बर्षायामको मौसमजस्तै बद्लिरहने हुन्छन् । उनीहरुको सम्बन्ध स्थायी हुँदैन ।

५. सौभाग्यले यस्ता दम्पतीको जोडी बाँधिन्छन्, जसले एकअर्कालाई बुझ्छन् । यस्ता दम्पतीले घर र पारिवारको सुख एवं खुसी खोज्छन् । उनीहरु दुख, सुखमा एकअर्काको साथ दिन्छन् । दुबैको भावनालाई बुझ्छन् । दुबैले एकअर्कालाई सम्मान पनि गर्छन् ।

उनीहरुले अविश्वासको वातावरण नै बनाउँदैनन् । परिवारका सदस्यसँग सन्तुलित सम्बन्ध राख्छन् । घर परिवार कसरी चलाउने, धन कसरी सञ्चित गर्ने, छोराछोरीको करियर कसरी बनाउने भन्ने कुरामा उनीहरु सजग र जागरुक हुन्छन् ।

fasttrack
धेरै पढिएको