smart doko

किन चढेन होलीको रंग ? यी हुन मुख्य कारण

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन १६ बुधबार | प्रकाशित १५:२६:२३
किन चढेन होलीको रंग ? यी हुन मुख्य कारण

मौसम चिसो–चिसो भएपनि होलीको मुड आइसकेको छ । कतिपय होली खेल्ने सुरसारमा छन् । तर, विगतमा जस्तो छैन, अहिले ।

अरु बेला हुँदो हो त यतिबेला पानी छ्यापाछाप चलिसक्थ्यो । लोलाले हान्ने खेल सुरु भइसक्थ्यो । फेसबुकका भित्ता रंगीचंगी भइसक्थ्यो । तर यसपाली त्यस्तो भएको छैन । होलीको रौनक जति चढ्नुपर्ने त्यती चाहि चढेको छैन ।

होलीको रौनक नचढ्नुमा केहि कारण छन् । एक त सिरियामा भएको नरसंहारले संसारलाई स्तब्ध बनाएको छ । भावनामा बहकिने नेपालीहरु प्नि यसमा सम्मिलित छन् । अर्कोतिर बलिउड अभिनेत्री श्रीदेवीको मृत्युले सनसनी मच्याइरहेको छ । यस्तो अवस्थामा ‘ह्याप्पी होली’ लेख्नु भन्दा वियोगका पीडामा डुबिरहेकाहरुका लागि संवेदना पोख्नु बढी न्यायोचिन हुन्छ ।

होलीलाई च्यालेन्ज गर्ने अर्को तत्व हो, मौसम । यतिबेला शरीरबाट ज्याकेट उत्रिसकेको हुन्थ्यो । टिसर्टमा निथु्रक्क भिज्दा पनि आनन्दै आउथ्यो । तर अहिले पानी छ्यापेर भिज्ने मौसम छैन । तातोको पारो चढिसकेको छैन ।

विगतमा होली विकृत बन्दै गएको थियो । सद्भाव र प्रेमका साथ होली खेल्ने भन्दा पनि अरुलाई भिजाएर आनन्द लिने प्रवृत्ति बढेको थियो । त्यही भएर प्रहरीले होलीमाथि लाठीचार्ज गर्नुप-यो ।

अहिले होली आउनुअघि नै प्रहरीले अर्लट जारी गरिसकेको छ । होलीको बेला अभ्रद व्यवहार गर्नेहरु प्रहरीको पञ्जाबाट उम्कन पाउने छैनन् । यसले सर्वसाधरणलाई सर्तक मात्र गराएको छैन त्रस्त पनि बनाएको छ । त्यसैले उनीहरु खुलेर होली खेलिरहेका छैनन् ।

के हो होली ?

अहिले होली फेसन भएको छ । सेते लुगा लगाउने । रंगहरु खेल्ने । नाच्ने, गाउने । अनि त्यो भन्दा पनि सेल्फी खिचेर फेसबुकमा हाल्ने ।

यो फेसन जस्तै भएको छ, खासगरी फेसबुक फिवरको रुपमा । उनीहरु रंग खेल्छन् र फेसबुकमा अपलोड गर्न हतारिन्छन् । मानौ, फेसबुकमा राख्नैका लागि अविर दलिएको हो, लोला छ्यापिएको हो ।

तर, होलीको महत्व फरक छ ।

पौराणिक कथा अनुसार विष्णु भक्त भएको कारण प्रह्लादलाई आफ्नै पिता हिरण्यकशिपुले मार्ने योजना बनाउँछ । यसका निम्ति आगोले डढाउन नसक्ने होलीकालाई प्रयोग गरिन्छ । होलीकाले प्रह्लादलाई काखमा लिएर अग्निकुण्डमा होमिन्छन् । तर, अग्नीले होलीकालाई भष्म गर्छ, प्रह्लाद जिवित रहन्छन् । सारमा, असत्यमाथि सत्यको जीतको कथा हो यो । यहि जीतलाई उल्लासमय बनाउन रंगहरु खेलेर रमाउने प्रचलन छ ।

रमाउ, रमौं

होली भनेको आफुले मात्र खेल्ने होइन । अरुले पनि रमाइलो गर्ने हो । यसमा सबै समान रुपमा सहभागी हुन सक्नुपर्छ । सबै रमाइलो गर्न सक्नुपर्छ ।

होलीको आफ्नो विशिष्ठ महत्व छ । होलीलाई हामी रंगहरुको पर्व भन्छौ । रंग भनेको खुसी र उल्लासको प्रतिक हो । यसको अर्थ के हुन्छ भने जीवन पनि खुसी र उल्लासमय हुनुपर्छ ।

अराजकता त्यागौं

होलीमा एकअर्कालाई रंग लगाइदिएर, लोला हानेर रमाइलो गरिन्छ । यस्तो रमाइलो गर्नका लागि आफ्नै समूह हुनुपर्छ । अथवा अरु नै समूह भएपनि उनीहरु होलीको मुडमा हुनुपर्छ ।

तर अहिले लुकीलुकी लोला हान्ने, केमिकलयुक्त रंग प्रयोग गर्ने प्रवृत्ति छ । अर्कालाइ दुख दिएर खुसी हुने बानी राम्रो होइन ।

एकथरीका किशोर–किशोरी छन्, जो होलीमा अलि वढी नै अराजक रुपमा प्रस्तुत भैरहेका हुन्छन् । अनुहारभरी केमिलकयु्क्त रंगले रंगाएर उनीहरु वाटोमा जथाभावी लोला हान्दै हिड्छन् । यस्ता समूहवाट जोगिएर हिड्न निकै गाह्रो हुन्छ ।

कतिपयलाई होली खेल्ने अवस्था हुदैन, मुड पनि चलेको हुदैन । तिनीहरुलाई लोला छ्यापेर रमाइलो गर्नु ठीक होइन । होली मनाउने आ–आफ्नै शैली छ । कोहि घरमै धुमधाम होली सेलिव्रेट गर्छन् त कोहि रंगीन पार्टी आयोजना गर्छन् ।

रंगको असर

– कालो रंगमा लेड अक्साइड रसायन हुन्छ, जसले मृगौलामा असर पुर्‍याउँछ ।

– हरियो रंगमा कफर सल्फेट रसायन हुन्छ, जसले आ“खाो एलर्जी निम्त्याउँछ ।

– सिल्भर रंगमा एल्मुनियम व्रामाइड रसायन हुन्छ, जसले क्यान्सरको भय हुन्छ ।

– निलो रंगमा प्रशियन ब्लु रसायन हुन्छ, जसले छालामा क्षती पुर्‍याउँछ ।

– रातो रंगमा मर्करी सल्फेट रसायन हुन्छ, जसले छालाको क्यान्सर हुन सक्छ ।

सुख्खा रङ्ग

होलीमा प्रयोग हुने सुख्खा रङ्ग भन्नाले बजारमा पाइने अबीर, केशरी, सिन्दुर जस्ता रङ्ग रहेका छन् । यी रङ्गहरुमा सिसाको धुलो, माइका, एस्वेस्टस र सिलिकाजस्ता रसायनिक तत्वहरु मिसावट गरिएको हुन्छ ।

रङ्गलाई चम्काउनका प्रयोग गरिने सिसाको धुलो छाला, नाक, मुख र श्वासप्रश्वासमा असर पार्दछ । यी धुलो शरीरभित्र प्रवेश गरे मिर्गौला, कलेजो लगायतका अङ्गहरुमा प्रत्यक्ष असर पारेको हुन्छ ।

यसैगरी सुख्खा रङ्ग बनाउन प्रयोग गरिने हानिकारक तत्व एस्वेस्टस र सिलिकाले छाला तथा फोक्सोका साथै क्यान्सर, दम, खोकी, अन्धोपनसम्म बनाउँछ । सुख्खा रङ्ग बनाउन प्रयोग हुने रसायनिक तत्व पारोले दम, खोकी, छाती दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला चल्ने, मुटुको चाल गडबड हुने रक्तचाप बढ्ने, आँखाको एलर्जी, टाउको दुख्ने दृष्टि धमिलिने र स्नायु प्रणालीका गडबडी जस्ता समस्या गराउँछ ।

लेदो

लेदो रङ्गमा सुख्खा रङ्गलाई नै तेल, मैन, पेट्रोलियम पदार्थ, अम्ल, क्षार, लवण जस्ता रसायन हालेर लेदो बनाएको हुन्छ । विशेषतः यस्ता रङग बनाउनका लागि लेडअक्साइड, एल्मुनियम ब्रोमाइड, मरक्युरी सल्फेट, प्रसियन ब्लुजस्ता रसायनहरू मिसाइएको हुन्छ ।

लेदो रङ्ग बनाउनका लागि प्रयोग गरिने यी रसायन निलिएमा वा श्वासद्वारा लिएमा घातक हुनसक्छ । यी रसायनले छाला, आँखा, श्वासनली, फोक्सो, मस्तिष्क, आन्द्रा, मिर्गौला, रगत र प्रजनन अङ्गहरुलाई सिधै प्रभावित गर्दछ ।

यसबाहेक यस्ता रङ्गले छाला चिलाउने, सुन्निने, पोल्ने, आँखा सुनिने, आँखामा घाउ जस्ता समस्या पनि आउछ ।

घुलनशील रङ्ग

घुलनशील रङ्ग बनाउन रसायनिक तत्व क्षारको प्रयोग गरिएको हुन्छ । यहबाहेक इन्जिन आयल जेन्टिन भायलेट र अन्य विषालु पदार्थसमेत मिसाइएको हुन्छ । यी पदार्थले स्वास्थ्यमा छालादेखि भित्री अङ्गमा समेत प्रभाव पार्छन् ।

होलीको रंग हटाउन यी उपाय अपनाउनुहोस्

होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ ।

होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ । यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् । यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ सादा पानी कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन ।

पहिले सादा पानीले कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ ।

अनुहारको सफाई अनुहारको छाला सबैभन्दा संवेदनशील हुन्छ । रंगको असरबाट अनुहारलाई जोगाउन क्यालामाइनमा मह र गुलावजल मिसाएर अनुहारमा लगाउने । यदि छालामा खराब वा गुणस्तरहिन रंग लाग्यो भने त्यसले जलन र एलर्जी हुनबाट जोगाउँछ । ओइली छाला भएकाहरूले मुल्तानी माटोको फेस प्याक लगाउनु उपयुक्त हुन्छ ।

रंग होलीमा रंग धेरै दिनसम्म शरीरमा वा अनुहारमा रहिरहन सक्छ । तर, होली खेलिसके लगत्तै गोलभेँडाको फेस प्याक लगाउने हो भने सहजै रंग जान्छ । त्यसका लागि गोलभेँडालाई पिसेर त्यसमा मह र मुल्तानी माटो मिसाएर स्क्रब बनाउन सकिन्छ ।

fasttrack
धेरै पढिएको