दुई श्रीमती भएमा सरकारद्वारा भत्ताको ब्यवस्था

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २० आईतवार | प्रकाशित १८:४१:१६
दुई श्रीमती भएमा सरकारद्वारा भत्ताको ब्यवस्था

नेपाल लगायत अधिकांश देशमा बहु विवाह गरेमा कानूनी झमेलाहरु रहेका छन् । तर अव एउटा यस्तो देश थपिएको छ जहाँ जनताले बहु विवाह गरेमा सरकारले नै कानूनी मान्यता दिएर उनीहरुको बसोबासको ब्यवस्था समेत मिलाउने भएको छ ।

संयुक्त अरव ईमिरेट्समा अहिले महिलाहरुको जनसंख्या पुरुषको तुलनामा धेरै भएपछि ईमिरेट्स सरकारले बहुविवाहलाई कानूनी मान्यता दिएको छ । यो मान्यतालाई अझ टेवा पुर्‍याउने उद्धेश्यले सरकारले नै बहुविवाह गर्ने परिवारलाई घरको भत्ता समेत दिने घोषणा गरेको छ ।

खालिज टाइम्सका अनुसार देशमा अविवाहित महिलाहरुको संख्या बढेको देखेर सरकारले यो किसिमको नयाँ नियम ल्याएको जनाएको छ । युएईका विकास मन्त्री अब्दुल्ला बेलहैफ अल नुईमीले फेडरल नेसनल काउन्सिलको बैठकमा यो घोषणा गरेका हुन् । यो घोषणा अनुसार दुईवटा पत्नि राख्ने पुरुषको परिवारलाई शेख जायद हाउजिग कार्यक्रममा निर्माण गरिएको आवास कार्यक्रममा रहेको घरमा बस्न भत्ताको ब्यवस्था गरिने छ ।

युएई सरकारले पहिला पनि एकल विवाह गर्ने ब्यक्तिलाई घर भत्ता दिने कार्यक्रम राखेको थियो । यो नयाँ नियम अनुसार अब अर्को पत्नि राख्नेलाई पनि अर्को घरको भत्ता दिईने छ । यसो गर्नाले पहिलो पत्निलाई कुनै पुरुषले जसरी राखेको थियो, दोस्रो पत्निलाई सोही अनुसार राखुन् भन्ने हो ।

सरकारले नै घरको भत्ता दिने ब्यवस्था गरेमा धेरै आर्थिक भार नपर्ने हुनाले पुरुषले दोस्रो विवाह गर्न चाहन्छन् भन्ने मनसाय राखेर पनि सरकारले यो ब्यवस्था गरेको हो ।

fasttrack
धेरै पढिएको