मुकेश अम्बानीकी जवान छोरी बलिउडमा यसरी इन्ट्रि गर्दैछिन्

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २७ आईतवार | प्रकाशित १३:५४:५८
मुकेश अम्बानीकी जवान छोरी बलिउडमा यसरी इन्ट्रि गर्दैछिन्

भारतको सबैभन्दा धनाड्य उद्योगपति हुन मुकेश अम्बानी । पिता धीरुभाई अम्बानीको पदचाप पच्छ्याउँदै उनले विश्वमा आफ्नो आर्थिक धरातल खडा गरे । अहिले उनको विरासत छोरा पुस्ताले थाम्दैछ ।

मुकेश अम्बानीकी छोरी इशा अम्बानी पनि अहिले हुर्किसकेकी छिन् । उनले पिताको उद्योग सम्हाल्नेछन् कि के गर्छन् ? यस्तै जिज्ञासाबीच रोचक खबर बाहिर आएको छ । मुकेशकी छोरी ईशाले बलिउडमा डेब्यु गर्ने हल्ला छ ।

बलिउड स्टार किड्सले जस्तै इशा अम्बानीले चाडै बलिउडमा डेब्यु गर्ने भएकी हुन् । तर उनी अभिनेत्रीको रुपमा होइन निमात्रीको रुपमा बलिउड डेब्यु गर्दैछिन् ।

बैटल अफ सारागढी फिल्ममा ईशा अम्बानीले फिल्म निर्माता निर्देशक करण जौहरसँग फिल्म बनाउन लागेकी हुन् ।

यस फिल्ममा अक्षय कुमार मूख्य अभिनेताको रुपमा देखिनेछन् । खबर त के पनि थियो भने यसमा ईशाभन्दा अगाडि करणसँग सलमान खानले फिल्म निर्माण गर्नेवाला थिए । तर सलमानले उक्त प्रोजेक्ट लिन चाहेनन् ।

केहि समयअघि अक्षयकुमार, करण जौहर र ईशा अम्बानीबीच छलफल समेत भइसकेको छ । ईशालाई फिल्मको कथा मन परेको बताइन्छ । यो फिल्म १२ सेप्टेम्बर १८९७ मा भएको एक युद्धमा आधारित छ । एक आर्मी क्याम्प बचाउनका लागि दश हजार अफगानो र २१ सिख सैनिकबीच भएको लडाईको कथा हो ।

fasttrack
धेरै पढिएको