यो हो संसारकै सानो देश, जहाँको जनसंख्या सुनेर तपाई छक्क पर्नुहुनेछ

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २८ सोमबार | प्रकाशित ११:१६:०५
यो हो संसारकै सानो देश, जहाँको जनसंख्या सुनेर तपाई छक्क पर्नुहुनेछ

तपाईलाई थाहा छ, संसारकै सबैभन्दा सानो देश कुन होला ? तपाईलाई विश्वास नलाग्न सक्छ तर सत्य हो संसारको अति सानो देशको नाम हो, सील्यान्ड । यो इंल्यान्डसँगै जोडिएको छ । यो देशलाई दोस्रो विश्वयुद्धपछि बेलायतले बसाएको थियो ।

तपाईलाई पत्यार नलाग्न सक्छ, यो देशको जनसंख्या लाख, हजार, सय होइन । २७ जना मात्र छ । एउटा परिवारका सदस्य बराबर मात्र यहाँको जनसंख्या छ । तपाईलाई विश्वास लाग्दैन होला, यति कम पनि जनसंख्या ?

तर यो एकदम सही हो । सिल्यान्ड नामको यस देशको जनसंख्या २७ जना छ । यहि कारण यो देशलाई संसारकै सानो देश भनिएको हो । सील्यान्ड बिट्रिस दोस्रो विश्व युद्धको रडारमा स्थित छ । सन् १९४३ मा ब्रिटिश सैन्यद्वारा निर्मित एक मेन्सनेल किल्ला थियो । खासमा यसको नाम एचएम फोर्ट दिइएको थियो । पछि यसको नाम मेजर पडी रोय बेट्सको नाममा राखियो, जो आफ्नो परिवारसँग त्यहाँ बसोबास गर्थे । र रेडियो स्टेशनको रेखदेख गर्थे ।

कसको शासन थियो यहाँ, को राजा थिए ?

यो सील्यान्ड देश इंल्यान्डको सफेल्स समुन्द्री तटबाट लगभग १० किलोमिटर दुरीमा स्थित सील्यान्ड खन्डरहर बनेको समुन्द्री किनारमा छ । यसलाई माइक्रो नेसन पनि भनिन्छ । यहाँ अलग अलग समयमा भिन्न भिन्नै व्यक्तिको शासन रह्यो ।

९ अक्टोबर २०१२ देखि रोय बेट्स नामको व्यक्तिले आफुलाई राजा बताएर सिल्यान्डको राजा भए । उनको मृत्युपछि उनको छोरो माइकल यहाँको राजा छन् । तर यसलाई अन्तर्राष्टिय स्तरमा राज्यको मान्यता दिइएको छैन । त्यसैले यसलाई माइक्रो नेशन भनिन्छ ।

सील्यान्डको क्षेत्रफल एकदमै कम छ । यहाँका व्यक्तिका लागि जीविका पार्जनका लागि पर्याप्त साधन छैन । बाहिरको मानिसहरुले उनीहरुको लागि केहि सहयोग गर्दै आएका छन् । अन्तर्राष्टिय स्तरमा मान्यताप्राप्त देशमा भेटिकन सिटीलाई विश्वकै सानो देश मानिन्छ । यसको क्षेत्रफल ० दशमलव ४४ बर्गकिलोमिटर छ । जनसंख्या चाहि ८ सय जना छ ।

fasttrack
धेरै पढिएको