विमान दुर्घटनामा बाँचेकी सहरिन अहमदले परिवारलाई सम्झँदै यसो भनिन्...!

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित ०७:४९:३०
विमान दुर्घटनामा बाँचेकी सहरिन अहमदले परिवारलाई सम्झँदै यसो भनिन्...!

काठमाडौँ

मेरो नाम सहरिन अहमद । म बंगलादेशकी नागरिक हुँ । म २९ वर्षकी भएँ । नेपाल घुम्ने रहर सानै देखि थियो । सोमबार १२ः३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंका लागि उडें । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो । काठमाडौं विमानस्थलमा २ः३० बजेतिर जहाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरें । दोस्रोपटकमा ल्यान्ड भयो । ल्यान्ड गर्नु अघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।

दुर्घटनाबारे पाइलटले केही जानकारी दिएका थिएनन् । अचानक सबै कुरा भयो । जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाज भित्र ‘अल्लाहा अल्लाहा’ को आवाज आयो, म होसमै थिएँ । सबैजना आत्तिएका थिए । मेरो सिट जहाजको इन्जिन भएको ठाउँतिर थियो । इन्जिनको अर्को साइडबाट आगो लागेको महसुस भयो ।

धुवाँको मुस्लोबाट बच्न मैले अनुहार छोपें । करिब २० मिनेटजति आत्तिएर बसें । अचानक जहाजको केही भाग खुलेको महसुस भयो । ताजा हावा भित्र छिर्यो । त्यसपछि जीवन जोगिएको जस्तो लाग्यो । उद्धारकर्मीले हात समातेर ओराले । ओर्लने क्रममा मैले केही शरीरलाई नाघ्नु पर्यो । कसैको हात चलिरहको थियो । कोही सानो स्वरमा बोल्दै थिएँ। म रोइरहें । म अहिले अस्पतालमा उपचार गराइरहेकी छु । दाहिने खुट्टामा हल्का पोलेको छ । हातमा केही घाउ छ । मन आत्तिएको छ । घरमा आमा र भाइ हुनु हुन्छ । भाइसँग टेलिफोनमा कुरा गरें । आमाको याद आइरहेको छ । यात्रा सफल भएको भए शुक्रबार घर फर्कने योजना थियो । मेरो साथीको अवस्था थाहा छैन ।
नागरिकबाट

fasttrack
धेरै पढिएको