आज राष्ट्रपति निर्वाचनः भण्डारी र राई बीच प्रतिस्पर्धा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित ०८:०९:२१
आज राष्ट्रपति निर्वाचनः भण्डारी र राई बीच प्रतिस्पर्धा

काठमाडौँ
नयाँ राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । तेस्रो राष्ट्रपतिका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी राईबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहान १० बजेबाट संसद भवन नयाँ बानेश्वरमा सुरु हुने निर्वाचन दिउँसो ३ बजे सकिनेछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद तथा अर्को मतदान केन्द्रमा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन् ।

एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका ६६६ सांसदको समर्थन वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा रहेकाले उनको पक्षमा मत ३९ हजार ७०९ देखिएको छ । संविधान अनुसार विजय हुन कम्तीमा ५० प्रतिशत कटाउनु पर्ने भएकाले २६ हजार ३४४ मत आवश्यक पर्छ । त्यसैले यो आवश्यक भन्दा १० हजार २० मत बढी रहेकाले उनको विजय निश्चित जस्तै देखिन्छ ।

उता कांग्रेस उम्मेदवार लक्ष्मी राईका पक्षमा कांग्रेसका १८९ सांसदको समर्थन रहेकाले उनको पक्षमा ११ हजार ४२८ मत रहेको छ । बाँकी मत भने १० वटा साना दलको रहेको छ । उनीहरूको मत एक हजार ६४९ छ । यो मत जता खसे पनि जित–हारका लागि खास अर्थ राख्ने छैन । निर्वाचन आयोगले दोस्रो चरणको चुनाव गर्नु नपर्ने स्थितिमा बेलुकी सम्म राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । ‘अहिलेको गठबन्धन हेर्दा दोस्रो चरणको चुनाव गर्नु पर्ने स्थिति देखिँदैन, चुनाव सकिए लगत्तै गणना सुरु हुने भएकाले मंगलबार बेलुकी सम्म परिणाम सार्वजनिक गर्न सकिन्छ,’ निर्वाचन आयोगका एक अधिकारीले भने ।
नयाँपत्रिकाबाट

fasttrack
धेरै पढिएको