मेयर चौधरीमाथि गोली हान्ने ३ विप्लव कार्यकर्ता पक्राउ

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित ११:०९:२५
मेयर चौधरीमाथि गोली हान्ने ३ विप्लव कार्यकर्ता पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयरमाथि आक्रमण गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तीनै जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ । पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरिएको छैन् । घटनामा संलग्न देखिएकाले सोधपुछको लागि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रदेश ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिए ।

चौधरीलाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजबाट काठमाडौं लैजाने तयारी भईरहेको छ । चौधरीलाई उनकै निवासमा सोमबार साँझ गोली र खुकुरी प्रहार भएको थियो । चौधरीको टाउकोमा खुकुरी र कम्मरमुनी गोलीको छर्रा लागेको थियो । प्रहरीले घटनास्थलबाट से २ प ३६७१ नम्बरको मोटरसाईकल पनि बरामद गरेको थियो ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले दुर्व्यवहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको भन्दै उनी विवादित भएका थिए । घटनाकै विरोधमा नेकपा एमालेको युवासंघले कैलालीको सुख्खड बजार बन्दको आह्वान गरेको छ ।

 

fasttrack
धेरै पढिएको