पारस खड्का आईसीसीको ११ स्टार खेलाडीमा अटाए

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित १६:३८:०१
पारस खड्का आईसीसीको ११ स्टार खेलाडीमा अटाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का आईसीसीको स्टार खेलाडीभित्र परेका छन् । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा पारसको पनि नाम अटाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको छ । जसमा कप्तान पारसको नाम पनि अटाएको छ । पारसले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए ।

हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाएका पारसले हङकङबिरुद्धको खेलमा १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ । लगातार तीन खेल हारेको नेपालले आफ्नो अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेको थियो । तर सुपर सिक्समा पुग्न सकेन् । आईसीसीले पारसलाई सूमह चरणका ११ स्टार खेलाडीको सूचीमा पाँचौ नम्बरमा परेका छन् ।

 

fasttrack
धेरै पढिएको