विमान दुर्घटनाः सबैको पोस्टमार्टम हुन ४ दिन लाग्ने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित १८:२४:२०
विमान दुर्घटनाः सबैको पोस्टमार्टम हुन ४ दिन लाग्ने

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरु सबैको पोस्टमार्टम सकाउन अझै ३/४ दिन लाग्ने भएको छ । सोमबार भएको विमान दुर्घटनामा परी मर्नेको संख्या ५१ पुगेको छ । उनीहरुसबैको पोष्टमार्टम सकाउन अझै ३/४ दिन लाग्ने टिचिङ हस्पिटलले जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पत्तालले यस्तो जानकारी दिएको हो । दुर्घटना भएको दिन सोमबार ४ जनाको मात्र पोस्टर्माटम गरेको अस्पत्तालले मंगलबार १० जनाको गरेको छ । दुई टिम बनाएको पोस्टमार्टम भईरहेको छ ।

विमान दुर्घटनामा परी २० जनाको विभिन्न अस्पत्तालहरुमा उपचार भईरहेको छ । घाइते २२ मध्ये मंगलबार २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र १ चिनियाँ नागरिक छन् । दुर्घटनामा घाइते भएका २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ६७ जना यात्रुसहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

fasttrack
धेरै पढिएको