स्मार्टफोनमा आउदैछ म्युजियम

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित १९:१०:२९
स्मार्टफोनमा आउदैछ म्युजियम

विश्वका केही नामूद संग्रहालय (म्युजियम)ले आफुसंग रहेको बहुमुल्य कलाकृतिहरुलाई मोवाइल एप मार्फत् विश्वभरका प्रयोगकर्तामाझ ल्याउने तयारी थालेको छ ।

अहिले विश्वका केही लोकप्रिय संग्राहलयहरुले आफुसंग रहेको बहुमुल्य चित्रहरुलाई हाई रिजोलुसनमा तयार पारेर इन्टरनेटमा भर्चुअल म्युजियमको रुपमा अपलोड गर्न थालेका छन् । केही भर्चुअल आर्टिस्टहरु म्युजियमको थ्रिडी भर्जन समेत तयार गर्न थालेका छन् । म्युजियमको थ्रिडी भर्जन तयार गर्न भर्चुअल आर्टिस्टहरु हाईटेक स्टेरियोस्कोपिक टुल्स जस्तो गुगल टिल्ट ब्रस, एचटिसी वाइव र एक्युलस रिफ्टहरुको प्रयोग गरिरहेका छन् ।

डच आर्ट कलेक्टर दम्पति जर्ज र इलोन क्रेमरले आफुसंग रहेका ७४ वटा कलाकृतिलाई थ्रिडी भर्जनमा तयार पारेर भिडियो गेम टेक्नोलोजी मार्फत् भर्चुअल म्युजियमको आनन्द दिन थालेका छन् । उनीहरुले सम्भवत आगामी महिना देखि एप मार्फत् आफुसंग रहेको कलाकृतिलाई सार्वजनिक पनि गर्ने छन् । यो एपलाई निशुल्क डाउनलोड गरेपछि भर्चुअल रियालिटी हेडसेट मार्फत् म्युजियमको आनन्द लिन मिल्ने छ ।

क्रेमर दम्पति भन्छन्– हामीसंग रहेको कलाकृतिको वारेमा विश्वका धेरै मानिसले थाहा पाउन् भन्ने हो । किनकी नत्र भने यो कलाकृति हेर्न धेरै मानिसले लाखौं रुपैंया खर्च गरेर म्युजियममै आउनु पर्ने हुन्छ ।

fasttrack
धेरै पढिएको