विमान दुर्घटनाः १३ विद्यार्थीमध्ये बाँचेका प्रिन्सी र समिना

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित १९:१३:१४
विमान दुर्घटनाः १३ विद्यार्थीमध्ये बाँचेका प्रिन्सी र समिना

काठमाडौं । बंगलादेशबाट नेपाल आएकामध्ये प्रिन्सी धामी र समिना व्यन्जनकार यतिबेला मृत्युसँग संघर्ष गरिरहेका छन् । एक महिने विदा मनाउन नेपाल आएका एमबिबिएस अध्ययनरत १३ जना विद्यार्थी मध्ये ११ जनाको ज्यान गईसकेको छ ।

भाग्यले बचेका प्रिन्सी र समिनाको काठमाडौं मेडिकल कलेज सिनामंगलको आइसियूमा उपचार भईरहेको छ । उनीहरुका आफन्त आइसियू कक्षबाहिर भगवान भरोसा बसिरहेका छन् । उनीहरु भगवानलाई पुकार्दै सीघ्र स्वास्थ्य लाभको कामना गरिहेका छन् । उपचारमा संलग्न चिकित्सककाअनुसार दुवैको अवस्था सुधारोन्मुख छ ।

दुबईमा बस्दै आएका प्रिन्सीका आमाबाबु घटनाको जानकारी लगत्तै काठमाडौं पुगिसकेका छन् । आमा शोभाको पनि अवस्था प्रिन्सीको भन्दा कम छैन् । उनी ’छोरी छोरी...’ भनेर आइसियु कक्षा अगाडि बर्बराउँदै छिन्, ’हे भगवान, मेरी छोरीलाई बचाइदेउ।’

प्रिन्सी शोभाकी एक मात्र छोरी हुन् । छोरी डाक्टर बनेको हेर्ने चाहना थियो उनको । भन्दै थिइन्, डाक्टर बन्छु भनेकी छोरी अहिले अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छिन् ।’ प्रिन्सीको कम्मरमा ’फ्याक्चर’ भएको छ । देब्रे हात जलेको छ । पुरानो ’ब्लड’ सबै जलेको कारण १० ’पाउन्ड’ नयाँ ब्लड दिएको छ ।

त्यस्तै समिनाको परिवारको अवस्था पनि शोभाको भन्दा फरक छैन । प्रिन्सीसँगै नेपाल आएकी समिना पनि आइसियुमै छिन् । समिनाको कम्मर फ्याक्चर भएको छ । दुइटै परिवारको आफन्त आइसियु गेटअघि भावविह्वल भएर कुरिरहेका छन् ।

fasttrack
धेरै पढिएको