विमान दुर्घटना : प्रहरीको चेकजाँचका कारण यसरी वढ्यो मानविय क्षती !

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित २०:३१:५६
विमान दुर्घटना : प्रहरीको चेकजाँचका कारण यसरी वढ्यो मानविय क्षती !

काठमाडौं
हिजो बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु सवार थिए । जसमध्ये केहिलाई घट्नास्थलबाट जिवीतै उद्धार गरिए पनि अधिकांश यात्रीको दुखद निधन भएको छ । निधन हुनेको संख्या ५१ पुगिसकेको छ । मानविय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो । विमान दुर्घटनाको कारण र क्षतिको यकिन विवरण भने अझै आउन बाँकी छ ।

दुर्घटना नहुनु पर्ने थियो तर भयो । दुर्घटना भइसकेपछि त्यसलाई कसरी क्षती कम गर्न सकिन्छ भनेर उद्दार गर्नु जरुरी हुन्छ । आपतकालिन अवस्थामा सामान्य अवस्था भन्दा छिटो र द्रुतगतिमा उद्दार गरिनु पर्छ तर हिजोको विमान दुर्घटनामा उद्दारकर्मीहरु हतारले घटनास्थल पुगेपनि त्यहाँ ड्युटीमा रहेका प्रहरीहरुले उनीहरुलाई भित्र पस्न नदिएर बाहिर गेटमै चेकजाँच गर्न थाले । जतिबेला विमान भित्र यात्रीहरु छट्पटाइरहेका थिए । यहाँ प्रहरीले आफ्नो मानवीय संवेदनशिलता भन्दा पनि ड्युटीलाई मात्र ध्यान दिएको देखिन्छ । घटनास्थलमा १५ मिनेट अघि मात्र पुग्न सकिएको भए यति धेरै मानवीय क्षती हुँदैनथ्यो भन्ने उद्धारकर्मीहरुले बताएका छन् ।

विमान दुर्घटना हुना साथ उद्धार गर्न गएको टोलीलाई नेपाल प्रहरीले सुरक्षाको नाममा असहयोग गरेका कारण बढी क्षति भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विमान दुर्घटना हुना साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उद्धारकर्ता र वारुणयन्त्रका कर्मचारीलाई प्रहरीले तत्काल भित्र जान दिएन । प्रहरीले सुरुमा दमकलका कर्मचारीलाई पनि सुरक्षा जाँच गराएर मात्र दुर्घटनास्थलमा जान दिएको थियो । प्रहरीले जाँच गर्न लाइन लगाएको कारण विमान दुर्घटनामा परेको १५ मिनेट पछि मात्र दमकलका कर्मचारी विमानको आगो निभाउन पुगेका थिए ।

दुर्घटना हुनासाथ यात्रुहरुले तत्काल उद्धारको लागि गुहार मागे पनि उद्धारकर्तालाई प्रहरीले चेकजाँच गर्न थालेको कारण कतिपय यात्रु विमान भित्र उद्दारको अभावमा मृत्युवरण गर्न बाध्य भए । रनवे ज्याकेट लगाएपछि प्रहरीले उनीहरुलाई विमानस्थलको जुनसुकै ठाउँमा जान दिनु पर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । त्यसलाई नेपाल प्रहरीले पालना गर्न नै सकेन । ‘अरु बेलाकै जस्तो प्रहरीले चेकजाँचको नाममा उद्धारकर्तालाई अवरोध ग¥यो’, विमानस्थलका एक सुरक्षा अधिकारीले भने, ‘उद्धारको लागि गएकाहरुलाई समयमा दुर्घटनास्थलमा जान दिएको भए यति धेरै मानवीय क्षति हुने नै थिएन । आगो लागिरहँदा उद्धारकर्ताहरु प्रहरीको चेकिङको लाइनमा थिए । यो भन्दा दुर्भाग्य अरु केही हुनै सक्दैन ।’

विमान कोटेश्वरबाट अवतरण गर्नु पर्नेमा उत्तरतर्फ गएको थियो । विमानमा समस्या आएपछि पाइलटले पनि सबै तेल झार्नु पर्नेमा दुर्घटनाग्रस्त विमानबाट लगातार तेल चुहिरहेको थियो भने तीन वटा दमकलले पहिला आगो लागेको विमानमा पानी हाल्नु पर्नेमा आगलागी भएको घाँसमा पानी हाल्ने काम गरेका थिए । विमान दुर्घटना भएपछि करिब दुई घन्टा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो । त्यसपछि सबै सेवा सञ्चालनमा रह्यो । विमान दुर्घटना हुने समयमा विमानस्थल भित्रै चार जना अमेरिकी नागरिकले नेपाल वायुसेवा, नागरिक उड्डयन प्राधिकरण, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही कर्मचारीलाई तालिम दिँदै थिए । यो हुनु भनेको घरमा आगो लागेपछि इनार खन्नु भने झैं होे । त्यसैले पनि विमान दुर्घटनाबाट मानवीय क्षती धेरै भएको सहजै अनुमान लगाउन सकिन्छ ।

fasttrack
धेरै पढिएको