यस्ता गर्लफ्रेन्डलाई दुलहीको रुपमा भित्र्याउन सकिन्छ

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख ९ आईतवार | प्रकाशित १८:१२:४७
यस्ता गर्लफ्रेन्डलाई दुलहीको रुपमा भित्र्याउन सकिन्छ

प्रेम सम्बन्धलाई बिवाहको पूर्व तयारीको रुपमा पनि लिने गरिन्छ । प्रेम गरिरहँदा प्रेमी/प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ ।

बिवाह जीवनको यस्तो मोड हो, जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति÷पत्नीबीच आपसी समझदारी, सहकार्य, सद्भाव, प्रेम, सदिच्छा, विश्वास हुनुपर्छ । यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै थाहा पाउनुपर्छ ।

अक्सर प्रेम सम्बन्धमा रहँदा आफ्ना पार्टनरको आनीबानी, चालचलन, प्रवृत्ति, सोंच, चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ । किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइदैन ।

त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकाको आनीवानी, व्यवहार, सोच चिन्तन, उदेश्य, अपेक्षा सबै कुरा मूल्यांकन गर्नुपर्छ । आफ्ना प्रेमी/प्रेमिकाले आफुसँग कस्तो व्यवहार गरिरहेका छन् ? आफुलाई कुन रुपमा हेरेका छन् ? त्यसबारे बुझ्नुपर्छ ।

१. त्यस्ता गर्लफ्रेन्ड, जसले आफ्नो हरेक कुरामा चासो रख्छ । आफ्नो स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ ।

२. आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने गर्लफ्रेन्डसँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ ।

३. आफ्नो स–सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछ/कस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता गर्लफ्रेन्ड जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

धेरै पढिएको