यी हुन् दुनियाका खतरनाक लेडी डन

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख १२ बुधबार | प्रकाशित १६:५०:०१
यी हुन् दुनियाका खतरनाक लेडी डन

अहिलेसम्म हामीले डरलाग्दा डन र अपराधीको बारेमा सुन्यौं । जब डन वा क्रिमिनल्सको कुरा आउँछ, अक्सर पुरुषको छवी आउँछ । तर आज हामी जुन डनको बारेमा कुरा गर्दैछौं, त्यो पुरुष होइनन् । यि महिला डन हुन्, जसले अपराधको साम्रज्य खडा गरेर दुनियालाई थर्कमान बनाइरहेका छन् ।

डन ला चिना

मेक्सिकोमा बस्ने डन चिनाले डरलाग्दो ढंगले एक सय असी जना मानिसको हत्या गरिन् । उनी निकै रिसाह स्वभावका छिन् । आफ्नै ग्याङका जुन व्यक्तिले उनलाई लिडरबाट हटाउने प्रयास गरे, त्यसलाई पनि उनले मारिदिइन् ।

शोभा अथ्यर

भारतको मोस्ट वान्टेड महिला ग्याङस्टार लिस्टमा शोभा अथ्यरको नाम पनि छ । यस महिलाको बिरुद्धमा इनटरपोलले नोटिस पनि जारी गरेको छ ।

मारिया लियोन

एक कुख्यात गिरोहकी प्रमुख मारियाको १३ बच्चा छन् । मारिया नशालु पदार्थका साथै मानव शरीर तस्करी गर्थे । अहिलेसम्म उनलाई पक्राउ गर्न सकिएको छैन । उनी लस एन्जल्सको सबैभन्दा सक्रिया अपराधीको लिस्टमा छिन् ।

क्लाउडिया फेलिक्स

सबैभन्दा खतरनाक गिरोमा एक मानिने अवैध व्यापारको संगठनकी प्रमुख हुन् क्लाउडिया फेलिक्स । उनले सैयौंको ज्यान लिएको छ ।

जेनी डेनी

विश्वका सबैभन्दा खतरनाक महिला किलर मानिने बेलायती जोआन डेन्हीलाई जन्मकैदको सजाय दिइएको छ । ३१ बर्षिय ओआनले खतरनाक ढंगले मानिसहरुको ज्यान लिएकी थिइन् ।

धेरै पढिएको