भूकम्प पीडितका छहारी : जहाँबाट सयौँले उपचार पाए

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख १२ बुधबार | प्रकाशित १७:११:४९
भूकम्प पीडितका छहारी : जहाँबाट सयौँले उपचार पाए

काठमाडौं । २०७२ साल वैशाख १२ गते नेपालमा गएको भूकम्पले मानवियदेखि भौतिकसम्म क्षति पु¥यो । हजारौ मानिसले ज्यान गुमाए । कैयौं मानिस घाइते भए । अस्पतालमा उपचारभन्दा बढी अन्योलता छाइरहेको थियो ।

यी सबै देखेका थिए सम्राट सिंह बस्नेतले । यस घटनापछि उनले यस्तो परिस्थितिमा केही गर्नुपर्दछ भन्ने सोचे । पहिले नै दर्ता भएको संस्था नेपाल हेल्थकेयर इक्युप्मेन्ट डेभलपमेन्ट फाउन्डेस (एनएचइडीएफ) केही सहयोग गर्ने आँट गरे ।

यसै संस्थाबाट उनले धेरैलाई सेवा तथा उद्दार गरे । र अहिले पनि बस्नेतले भूकम्प पीडितलाई सहयोग गदै आएका छन् । यसै विषयमा केन्द्रबिन्दुका लागि प्रेम कुमार श्रेष्ठसँग गरिएको कुराकानी:

१) भूकम्प पीडितलाई सहयोग गर्दै आएको यो संस्था कहिले स्थापना गर्नुभयो ?
यो संस्थालाई भूकम्प आउनुभन्दा पहिले नै स्थापना गरिसको थिएँ । खासमा यस संस्थाले भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्य थिएन् । तर, जब भूकम्प गएपछि टिचिङ अस्पतालको अवस्था देखेँ ।

त्यसपछि मैले पनि केही गर्नुपर्छ भनेर भूकम्प पीडितलाई राख्न थाले । यो संस्था स्थापना हुनुको मूल कारण नेपालमा मेडिकल टेक्निकल विषयलाई आधार बनाएर काम गर्नु थियो । तर, समयले यस्तो सेवा दिने अवसर जुटाइदियो ।

२) सुरुवाती दिनमा कस्तो समस्या भोग्नु पर्यो ?
सुरुवाती दिनमा भूकम्प पीडित भएका केही मानिसलाई मात्र राख्ने सोच थियो । तर, परिस्थिति यस्तो भइदियो कि, भूकम्प प्रभावित भएका मानिसहरु बस्न मात्र भने पनि दिनु भन्दै आए ।

यसैबीच बाहिर जिल्ला भएका साथीहरुले गाउँ नै तहसनहस भयो भन्ने खबर सुनाउन थाले । त्यसपछि बाहिर जिल्लाबाट विरामी आए भने कहाँ बस्ला ? भन्ने सोच आउन थाल्यो । त्यसपछि संस्थाले पनि जसोतसो सबै पीडितलाई सेवा दिन सुरु गर्यो । त्यतिखेर हामीले पाल टाँगेर, घरको सबै कोठा खाली गराएर भए पनि सेवा दियौँ । कुनै दिन चिउरा मात्र पनि खानुपर्ने बाध्याता रह्यो ।

३) एकै पटक आएको यस्तो विपत्तिलाई तपाईले कसरी व्यवस्थापन गर्नुभयो ?
सुरुवाती समयमा हामीसँगै धेरै पैसा थिएन् । सबै साथीभाई तथा आफन्तले सहयोग गर्नुभयो । हामीले त्यही सहयोगबाट खर्च गर्दै आयौँ । हामीले दुई तीन महिनालाई मात्र भनेर काम सुरु गरेका थियौँ । तर, परिस्थिति यस्तो आयो हामीले राखेका घाईतेलाई पठाउन सकेनौँ । विस्तारै हामीले निको भएकाहरुलाई पठायौँ । त्यसपछिका दिनमा हामीले विस्तारै व्यवस्थापन गर्दै आयौँ ।

४) अहिलेसम्म संस्थाबाट कति जना भूकम्पपीडितलाई सेवा दिन सफल हुनुभयो ?
यस संस्थामा अहिले पनि १० जना भूकम्पमा परी घाईते भएका बस्दै आएका छन् । तर, हामीले उनीहरुलाई मात्र नभएर छ सयभन्दा बढी विरामीलाई मद्दत दिएका छौँ ।

५) तपाईले गुपचुपमा यत्रो ठुलो सहयोग गर्नुभयो, यसको खर्च कहाँबाट जुटाउनु भयो ?
संस्थामा आएको विरामीलाई सहयोग गर्ने खर्च साथीभाईबाट हुँदै आएको छ । विदेशमा हुनुभएका केही साथीहरुले कहिलेकाहीँ पैसा पठाइदिनु हुन्छ । हामी यसैबाट विरामीलाई सुविधा दिँदै आएका छौँ ।

६) यहाँबाट निको भएर जानु भएका विरामीबाट कस्तो प्रतिकृया पाउनु भएको छ ?
यहाँ बस्न आएका विरामीहरुमा धेरै जटिल अवस्थाबाट निको भएका छन् । उनीहरुमध्ये ९८ प्रतिशत विरामी पूर्ण निको भएका छन् । यदि यो संस्थाले सहयोग नदिएको भए उनीहरुमा धेरैको निधन भैसक्थ्यो होला । धेरैको जीवन अपाङ्ग भएर बिताइरहेका हुन्थे होला । अहिले उनीहरुले राम्रो प्रतिकृया दिइरहेका छन् ।

७) भावी दिनमा यस संस्थाले कस्तो योजना बनाएको छ ?
यस संस्थालाई हामीले लामो समयसम्म संचालन गर्ने सोच बनाएका छौँ । मूल रुपमा यसले विरामीलाई बस्न र खानको सेवा दिँदै आएको छ । तर, जटिल विरामीलाई उपचारमा लाग्ने औषधीको व्यवस्थापन गर्नु पनि रहेको छ ।

यसैले संस्थाको आर्थिक भार पनि माथि जान्छ । अबको दिनमा हामीले यस संस्थालाई एउटा मेडिकल रिह्याव सेन्टरमा विकास गर्ने प्रमख उद्देश्य राखेका छौँ । यही नै संस्थाको भावी योजना बनाएका छ ।

धेरै पढिएको