smart doko

गर्भावस्थाका यी कुराहरु भ्रम हुन्, पछि नलाग्नुहोस्

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख १६ आईतवार | प्रकाशित १७:३०:३९
गर्भावस्थाका यी कुराहरु भ्रम हुन्, पछि नलाग्नुहोस्

गर्भावस्थासँग जोडेर विभिन्न भ्रम पैदा हुने गर्छन् । यस्ता भ्रम पालेर गर्भवती महिलाहरुले अनावश्यक काम समेत गरिरहेका हुन्छन् । समाजमा के पनि भनिन्छ भने गर्भवतीले नरिवल सेवन गर्दा बच्चा गोरो जन्मिन्छ ।

नरिवल सेतो हुने भएकाले त्यस्तै रंग गर्भको बच्चामा पनि सर्छ भन्ने भ्रम हुनसक्छ । सत्य चाहि के हो भने गर्भवतीले नरिवल सेवन गर्नु राम्रो हो । तर त्यसले बच्चा गोरो जन्मिन्छ भन्ने कुरा सत्य होइन ।

समाजमा अर्को भनाई के पनि छ भने ३० बर्षपछि महिलाले बच्चा जन्माउनु सुरक्षित मानिदैन । तर अहिलेको जमानामा त्यस्तो काम खासै जटिल होइन । हुन त पुराना जमानामा पनि ३० बर्ष भन्दा धेरै उमेरमा बच्चा जन्माउने गरिएको थियो ।

सूर्य वा चन्द्र ग्रहणको बेला गर्भवती महिलाले कुनै काम गर्नु हुँदैन । त्यसो गरिएमा बच्चा अपाङ्ग जन्मिन्छ भन्ने भ्रम छ । वास्तविकता चाहि के हो भने यसले गर्भको बच्चामा कुनै असर गर्दैन । यसमा कुनै बैज्ञानिक आधार छैन ।

fasttrack
धेरै पढिएको