रैराङ हाइड्रोपावरको आईपिओ बैशाख ३१ गतेदेखि

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २१ शुक्रबार | प्रकाशित ११:४१:१६
रैराङ हाइड्रोपावरको आईपिओ बैशाख ३१ गतेदेखि

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणको लागि बैशाख ३१ गतेदेखि कम्पनी ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।

८ लाख ४० हजार कित्ता मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ४२ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफांड गरिएको छ । बाँकि ७ लाख ६४ हजार ४ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन दिई सक्नुपर्ने छ ।

कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

धेरै पढिएको