अब्रोड स्टडीको लागि: विश्वासिलो माध्यम स्ट्यान्डर्ड एजुकेशन

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २३ आईतवार | प्रकाशित १६:३१:३५
अब्रोड स्टडीको लागि:  विश्वासिलो माध्यम स्ट्यान्डर्ड एजुकेशन

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जानेको संख्या बढ्दै गएको छ । कुनै पनि अब्रोड स्टडीको लागि जाँदा राम्रो कन्सल्टेन्सी छान्नु हरेक विद्यार्थी र अभिभावकहरुको पहिलो दायित्व हो ।

बाहिर पढ्न जाने विद्यार्थीहरुले राम्रो कन्सल्टेन्सी छान्न सके भने दुःख पाउँदैनन् ।

बैदेशिक शिक्षाका विषयमा केन्द्रबिन्दु डट कमका लागि प्रविण राजभण्डारीले स्ट्याण्डर्ड एजुकेशनका सिईओ तथा फाउण्डर सरोज नेपाल सँग गरेको कुराकानीः

स्ट्यान्डर्ड एजुकेशन के हो ?

स्ट्यान्डर्ड एजुकेशन भनेको बाहिर पढ्न चाहने विद्यार्थीहरुलाई गाइडलाइन दिने एक उपयुक्त स्थान हो । अझ बुझ्ने भाषामा भन्नुपर्दा एक उत्कृष्ट विश्व विद्यालय खोजेर भिसा प्रोसेस गर्न सहयोग गर्ने एक कन्सल्टेन्सी र ट्रेनिङ्ग सेन्टर हो ।

हामीले बिगत बाह्र वर्ष देखी निरन्तर रुपमा विश्वासीलो सेवा दिदैँ आई रहेका छौँ । हामीले यहाँ बाहिर पठाउने मात्र नभइ बाहिर जाने अथवा देशमै बसेर केहि गर्नेको लागी सिप तथा रोजगारी मुलक तालिम पनि दिएर सेवा गर्दै आएका छौं ।

स्ट्यान्डर्ड एजुकेशन मार्फत अहिले सम्म कति सफल भए त ?

हामो यस स्ट्रयान्डर्ड एजुकेशन मार्फत धेरै नेपाली विद्यार्थीहरु बैदेशीक शिक्षा का लागी बिभिन्न देशहरु गएका छन् । ती देशहरुमा अष्ट्रेलिया, अमेरिका, न्युजील्याण्ड, क्यानडा, युके लगायत विभिन्न युरोपका विश्वविद्यालयमा गएका छन् । र धेरै विद्यार्थीहरु सिप तथा रोजगारिमुलक तालिम लिएर देश विदेशका विभिन्न कम्पनीहरुमा कार्यरत छन् ।

स्ट्यान्डर्ड एजुकेशनका विशेषताहरु के छन् त ?

हामो मुख्य विशेषता भनेकोनै बाह्र वर्ष देखी निरन्तर र विस्वासिलो सेवा दिनु हो । यसको साथ साथै बिद्यार्थीहरुलाई भिसा प्रोसेसिङमा सहयोग गर्ने, विदेशमा पढ्दा सम्म आवश्यक सल्लाह दिने, कुन विषय लिएर पढ्ने त्यो विषय पढ्दा उस्को भविष्य कति सुरक्षित छ भन्ने जस्तो कुराहरुमा सर—सल्लाह दिने र विद्यार्थीको भविष्य सुनिस्चित गरी दिने पनि हाम्रो विशेषता हो ।

अब्रोड स्टडीका लागी आवश्यक कुराहरु के के हुन ?

विभिन्न देश तथा विश्वविद्यालय अनुसार आवश्यक कुराहरु फरक फरक हुन्छन् । जस्तै अष्ट्रेलिया क्यानडा को लागि उच्च शिक्षा अध्ययन गर्न जाँदा एकेडेमिक ६० प्रतिशत अंक आवश्यक पर्छ साथै आइइएलटिएसमा डिप्लोमाको लागि ५. ५ ब्याचलर लागि ६ मास्टर्स र रिसर्च प्रोगामका लागि ६.५ अंक आवश्यक पर्छ ।

अमेरिकाको लागि आइइएलएस तथा टोफल गर्नुपर्ने हुन्छ । साथै अरु विभिनन देशका आ—आफ्नै रिक्वायरमेन्टहरु रहेका छन् ।

अबको नयाँ योजना के छ त ?

अबको नयाँ योजना भनेको हामिले जे जति सेवा दिदैँ आएका छौँ त्यसैलाई अझ एडभान्स तवरले दिने योजना छ । अर्थात हामिले जति सेवा दिदैँ छौँ त्यो सेवा लाई टेक्नोलोजि विकास भए सँगै त्यसै परिवर्तित टेक्नोलोजिको आधारमा परिवर्तन गरी सेवा प्रदान गर्ने योजना छ ।

यहाँ तालिम पनि सञ्चालन गर्दै आउनु भएको छ ?

हो हामीले लामो समय देखी विदेश जाने र नजाने सबैको लागी सिप तथा रोजगारी मुलक तालिम सञ्चालन गर्दै आएका छौँ । हामीले यहाँ कुकीङ्ग, बार टेन्डर, कफी मेकिङ्ग, हाउस किपिङ्ग, बेकरी, फ्रन्ट अफिस, वेटर, इएरलाइन्स टिकेटिङ्ग लगाएतका तालिम दिदैँ आएका छौँ ।

अन्तिममा केही भन्नु छ ?

कुनै पनि अब्रोड स्टडीको लागी जाँदा राम्रो कन्सल्टेन्सी छान्नु बिद्यार्थी र अभिभावकको पहिलो दायित्व हो । यसमा अभिभावक पनि त्यतीकै सजक रहनुपर्छ ।

अभिभावकले आफ्नो बच्चा पढ्ने कलेज कस्तो छ ? कुन विषय पढ्दा राम्रो हुन्छ ? जस्ता कुराहरुमा सिरियस देखिनुपर्यो । यी कुराहरुमा स्याण्डर्ड एजुकेशन अत्यन्तै सजक र विगत १२ वर्षदेखि परामर्श दिँदै आएको संस्था भएको कारणले सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुलाई म यी सेवाहरुमा प्रतिवद्ध रहेको जानकारी गराउँदछु । हामीले शिक्षा मन्त्रालयबाट समेत अनुमति प्राप्त गरि अब्रोड स्टडी सम्बन्धि सेवाहरु दिँदै आएका छौँ । हाम्रो परामर्शदाताहरु त्यतीकै विश्वका ख्याती प्राप्त शैक्षिक संस्थाहरुबाट मान्यता प्राप्त छन् ।

धेरै पढिएको