कति छ खेलकुद क्षेत्रका लागि विनियोजित बजेट ?

कति छ खेलकुद क्षेत्रका लागि विनियोजित बजेट ?


काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार सार्वजनिक गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय, व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान भए अनुसार सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

आगामी वर्षमा लिएका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ (६४ दशमलव ४ प्रतिशत) र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत रहेको छ । यसैगरि सरकारले वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ ।

नयाँ आर्थिक बर्षका लागि विनियोजित बजेटले खेलकुद क्षेत्रलाई सम्बोधन गरेको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् । सरकारले नयाँ आर्थिक बर्षका लागि संसदमा पेश गरेको बजेट नीति तथा कार्यक्रमकै निरन्तरता रहेको मन्त्री विश्वकर्माको भनाइ छ । यसवर्ष अर्थमन्त्री डा.युवराज खतिवडाले युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाउँदै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

‘प्रतिकुल परिस्थितीमा सरकारले अघि सारेको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने हिसाबले बजेट आएको छ ।’ प्रतिकुल समयमा आएको बजेटले खेल क्षेत्रमा समेत चुनौती थपिएको मन्त्री विश्वकर्माले बताए । कोरोनाको महामारीले विश्वसहित घरेलु अर्थतन्त्रलाई प्रभावित गरेको छ । हरेक क्षेत्रमा प्रतिकुलता छँदै छन् । मन्त्रालयले लिएका घोषित लक्ष्य उद्देश्य हासिल गर्ने हिसाबले साथै सबै शीर्षक समावेश हुने तवरले सरकारले बजेट सम्बोधन गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय खेलकुद पुर्वाधारदेखि स्थानीय, प्रादेशिक र राष्ट्रिय खेलकुद आयोजना हुने गण्डकी र कर्णाली प्रदेशको खेल पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिएको छ । प्रतिकुलता सहज बनेपछि तय गरिएका कार्यक्रम स्रोत साधन परिचालन गरेर काम गर्ने ढोका बजेटले खोलेको छ । यसै आधार काम सुरु हुने विश्वकर्माले बताएका छन् ।

Logo